

-
मियामी । इसाइस समुद्री आँधी सहितको भिषण वर्षाले बहमासमा बाढी र डुबानको स्थिति सिर्जना भएको छ । अमेरिकी जलवायु विज्ञानका अनुसार यो आँधी कोरोनाभाइरसका कारण समस्या झेलिरहेको फ्लोरिडा नजिक आइपुगेको छ ।
बहमासमा करिब २० सेन्टीमिटर वर्षा हुने अनुमान गरिएको छ । स्थानीय समय अनुसार शनिबार अपराह्न २ बजेसम्म इसाइस आँधीको सर्वाधिक वेग १२० किलोमिटर प्रतिघण्टा रहेको छ ।
फ्लोरिडाको तटिय क्षेत्रमा आइतबार बिहान आँधी आइपुग्नु अगाबै समुद्री क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेकाले फ्लोरिडामा वर्षा केही कमजोर हुने अनुमान पनि गरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समुद्री आँधी आउनुअघि नै फ्लोरिडामा आपतकालीन स्थिति घोषणा गरेका छन् । आपतकाल घोषणाका कारण फ्लोरिडा राज्यले संघीय सरकारबाट तत्काल आर्थिक सहायता प्राप्त गर्न सक्नेछ ।
फ्लोरिडा राज्यका गभर्नर रन डिसान्टीसले इसाइस आँधी तटीय क्षेत्रमा आइसकेकाले आम जनतालाई सचेत रहन आग्रह गरे ।
अमेरिकी अन्तरिक्ष केन्द्र (नासा) ले पनि आँधीको सावधानीपूर्वक अध्ययन गरिरहेको छ । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट दुई जना अन्तरिक्ष यात्री मेक्सिको खाडी क्षेत्रमा आइतबार अवतरण गर्ने कार्यक्रम छ ।
News Desk 0 response आइतवार, साउन १८, २०७७


सम्बन्धित शीर्षकहरु
-
गृह मन्त्रालयद्वारा २० प्रमुख जिल्ला अधिकारीको सरुवा..
मङ्लबार, असार ३, २०८२ -
सुनचाँदी व्यवसायीहरुको माग पुरा गर्ने प्रधानमन्त्रीको आश्वासन
मङ्लबार, असार ३, २०८२ -
प्रतिनिधिसभामा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने..
मङ्लबार, असार ३, २०८२ -
इजरायली भूमिमा इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने..
मङ्लबार, असार ३, २०८२ -
नवलपरासी, रुपन्देही र चितवनसहित आसपासका क्षेत्रमा ठूलो..
मङ्लबार, असार ३, २०८२
-
गृह मन्त्रालयद्वारा २० प्रमुख जिल्ला अधिकारीको सरुवा..
मङ्लबार, असार ३, २०८२ -
सुनचाँदी व्यवसायीहरुको माग पुरा गर्ने प्रधानमन्त्रीको आश्वासन
मङ्लबार, असार ३, २०८२ -
प्रतिनिधिसभामा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने..
मङ्लबार, असार ३, २०८२ -
इजरायली भूमिमा इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने..
मङ्लबार, असार ३, २०८२ -
नवलपरासी, रुपन्देही र चितवनसहित आसपासका क्षेत्रमा ठूलो..
मङ्लबार, असार ३, २०८२
-
कास्की मालपोतका सुब्बाहरूको सरुवा हुँदा पनि रमाना..
बिहिबार, जेष्ठ ३०, २०८२ -
सुजनको सपना अखिलको नेतृत्व
आइतवार, जेष्ठ २६, २०८२ -
काँग्रेस वकिलका नेता पोखरेलसहित तीन जना सर्वोच्चको..
मङ्लबार, जेष्ठ २८, २०८२ -
अनेरास्ववियुलाई युग अनुकूल बनाउन अध्यक्षमा मेरो उम्मेद्बारीः..
मङ्लबार, जेष्ठ २८, २०८२ -
कर्मकाण्डी शैलीको सतर्कता केन्द्रमा सम्पत्ति बिवरण
सोमवार, जेष्ठ २७, २०८२