

-
पाकिस्तानले दक्षिणी अफगानिस्तानमा रकेट प्रहार गरेको अफगान सेनाले बताएको छ । सो रकेटले लागेर दक्षिणी अफगानिस्तानका कम्तीमा पनि १५ जना नागरिकको ज्यान गएको छ ।
सो आक्रमणका क्रममा अरु कम्तीमा पनि ७० जना सर्वसाधारण पनि घाइते भएका र घाइते मध्ये कैयौको अवस्था गम्भीर भएकाले मृतक संख्या बढ्न सक्ने पनि अनुमान गरिएको छ । दक्षिणी अफगानिस्तानको कान्दाहार प्रान्तको एक नगरमा पाकिस्तानी सेनाले रकेट प्रहार गरेको अफगान सेनाले जानकारी दिएको छ ।
अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको स्पिन बोल्दाक जिल्लामा पाकिस्तानी र अफगानी सुरक्षा फौजका बीचमा शुक्रबार दिनभर जसो भिडन्त भएको थियो ।
सो भिडन्तपछि शुक्रबार साँझपख पाकिस्तानी सेनाले सो जिल्लालाइ लक्ष्य गरेर भारी मात्रामा रकेटकहरुले सो हमला गरेको अफगान सेनाको भनाई रहेको छ ।
उक्त हमलापछि शुक्रबार रातिसम्ममा १५ जना सर्वसाधारणको ज्यान गएको र अरु कम्तीमा पनि ७० जना सर्वसाधारण नराम्ररी घाइते भएका अफगान सेनाले जानकारी दिएको छ ।
सो जिल्लामा सर्वासाधारण नागरिकहरु बाटो हिँडिरहेको मौकामा पाकिस्तानी पक्षबाट अकस्मात रकेटहरु प्रहार भएका थिए ।
त्यसैले यस हमलाबाट बाटो हिँडेका सर्वसाधारण नागरिक नै शिकार भएका छन् । जसका कारण सो जिल्लामा शुक्रबार राति पनि त्रास फैलिएको अफगानिस्तानको उक्त प्रान्तका सुरक्षा अधिकारीहरुले स्थानीय मिडियालाई जानकारी दिएका छन् ।
यी दुई देशको सीमा क्षेत्रमा के कति क्षति भएको छ भन्ने बारेमा भने केही खबर आएको छैन । अफगानिस्तानका सुरक्षाकर्मी र पाकिस्तानका सुरक्षाकर्मीहरु सीमा क्षेत्रमा पनि एक अर्कालाई हमला गर्ने गरी तयारी अवस्थामा बसिरहेका पनि अधिकारीहरुले जानकारी दिएका छन् । एएनआई
News Desk 0 response शनिबार, साउन १७, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



