• काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका प्रवक्ता डा. जागेश्वर गौतमले सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् । उनले पर्सा जिल्ला वीरगन्ज स्थायी घर भई ललितपुर बस्ने ६५ वर्षीया महिलाको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए । मधुमेह तथा रक्तचाप पिडित उनको साउन १६ गते मृत्यु भएको हो ।

    मन्त्रालयका अनुसार मृत्यु हुने अन्यमा पर्सा जिल्ला वीरगन्ज महानगरपालिका ५६ वर्षीय पुरुष रहेका छन् । उनको नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचारको क्रममा साउन १५ गते मृत्यु भएको थियो । उनी मुटुसम्बन्धी रोगबाटपिडित थिए । त्यसैगरी वीरगन्ज महानगरपालिकाकै अर्का ३५ वर्षीय पुरुषको साउन १५ गते गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको हो । यस्तै पर्सा जिल्ला वीरगन्ज महानगरपालिका निवासी ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । ती पुरुषको पनि साउन १५ गते मृत्यु भएको हो ।

    यीसँगै नेपालमा कोरोनाकै कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।