

-
काठमाडौं । शुक्रबार थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा १० हजार ७६८ वटा नमूनाको परीक्षण भएकोमा २२४ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पुष्टि गरेका हुन् । यीसँगै नेपालमा अहिलेसम्म कुल संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ ।
सोही अवधिमा थप १५१ जना संक्रमित निको भएर घर फर्किएका छन् । यो सँगै १४ हजार ३९९ जना कोरोना निको भएर डिस्चार्ज भएको मन्त्रालयको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा प्रवक्ता डा. गौतमले जानकारी दिएका छन् । यो संक्रमित निको हुने दर ७२.८ प्रतिशत हो ।
त्यसैगरी सक्रिय संक्रमित ५ हजार ३१६ जनाको मुलुकभरका विभिन्न कोभिड-१९ अस्पतालको आइसोलेसनमा उपचार भइरहेको मन्त्रालयले बताएको छ । अहिले क्वारेन्टाइनमा १२ हजार एक सय ११ जना रहेका छन् । मन्त्रालयको तथ्यांकअनुसार हालसम्म ३ लाख ७५ हजार ४ सय १६ जनाको पिसिआर परीक्षण भएको छ ।
News Desk 0 response शुक्रबार, साउन १६, २०७७


सम्बन्धित शीर्षकहरु
-
रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ७..
आइतवार, बैशाख १४, २०८२ -
स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद माया राई..
आइतवार, बैशाख १४, २०८२ -
डोल्पा केन्द्रबिन्दु भएर एकाबिहानै भूकम्प
आइतवार, बैशाख १४, २०८२ -
पुटिन युद्ध अन्त्य गर्न चाहेका छैनन् :..
आइतवार, बैशाख १४, २०८२ -
देशभरको तापक्रम बढ्दै, केही स्थानमा वर्षाको संभावना
आइतवार, बैशाख १४, २०८२
-
रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ७..
आइतवार, बैशाख १४, २०८२ -
स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद माया राई..
आइतवार, बैशाख १४, २०८२ -
डोल्पा केन्द्रबिन्दु भएर एकाबिहानै भूकम्प
आइतवार, बैशाख १४, २०८२ -
देशभरको तापक्रम बढ्दै, केही स्थानमा वर्षाको संभावना
आइतवार, बैशाख १४, २०८२ -
आज मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने..
आइतवार, बैशाख १४, २०८२
-
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
सडक उद्घाटन गर्न प्रधानमन्त्रीसहित ५ भीआईपीको हानाथाप
शुक्रबार, बैशाख ५, २०८२ -
परराष्ट्रमन्त्री डा. आरजु राणा आज बैंकक जाँदै
आइतवार, बैशाख ७, २०८२ -
रुसद्वारा युक्रेनमा अस्थायी युद्धविराम घोषणा
आइतवार, बैशाख ७, २०८२