

-
काठमाडौं । नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ५२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप तीन जनाको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण असार १४ गते मृत्यु भएको पुष्टि गरेका छन् ।
मन्त्रालयका अनुसार यसरी मृत्यु हुनेहरूमा मोरङ सुनवर्षी नगरपालिकाका एक ४५ वर्षीय पुरुष रहेका छन् । उनमा ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका लागि भर्ना गरिएको थियो । उनको पीसीआर परीक्षण गर्दा बुधबार नै कोरोना रिपोर्टमा पोजिटिभ आएको थियो ।
त्यसैगरी पर्साको वीरगन्ज नगरपालिकाका ७० वर्षीया पुरुषको बुधबार नै निधन भएको हो । उनको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । उनी मुटु तथा मधुमेह रोगका बिरामी भएको बताइएको छ । मृत्यु हुने अर्का व्यक्तिमा पर्साकै वीरगञ्ज महानगरपालिकाका ६८ वर्षीय पुरुष रहेका छन् । उनको नेशनल मेडिकल कलेजमा उपचारकै क्रममा बुधबार नै मृत्यु भएको हो । उनी मिर्गौलासम्बन्धी रोगबाट पीडित भएको मन्त्रालयले जानकारी दिएको छ ।
News Desk 0 response बिहिबार, साउन १५, २०७७

सम्बन्धित शीर्षकहरु
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



