

-
काडमाडौं । पछिल्लो २४ घण्टामा थप २७४ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो कुराको पुष्टि गरेका छन् । यीसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या १९ हजार ५४७ पुगेको हो । सो अवधिमा छ हजार ३०४ वटा नमूनाको परीक्षण भएको उनले जानकारी दिएका थिए ।
प्रवक्ता डा. गौतमका अनुसार आज थपिने नयाँ संक्रमितमा काठमाडौं उपत्यकामा मात्र ४५ जनामा संक्रमण पुष्टि भएको छ । जसअनुसार काठमाडौंमा ४१, ललितपुर र भक्तपुरमा गरी दुई–दुई जना रहेका छन् । यस अनुसार अहिलेसम्म काठमाडौंमा ३९०, ललितपुरमा ९१ र भक्तपुरमा ५३ जना संक्रमित भएका छन् । उपत्यकामा यसअघि मंगलबार ५३ र बुधवार १५ जनामा संक्रमण पुष्टि भएको थियो ।
यसै अवधिमा थप २२७ जना कोरोना संक्रमित निको भएर घर फर्केको प्रवक्ता गौतमले जानाकारी दिए । यसरी नेपालमा हालसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १४ हजार २७८ पुगेको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ ।
मन्त्रालयका अनुसार अहिले देशभर ५ हजार २ सय २७ सक्रिय संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । यस्तै हालसम्म ३ लाख ६४ हजार ६ सय ४८ जनाको पिसिआर परीक्षण भएको छ । यसैगरी १३ हजार २०१ जना क्वारेन्टिनमा रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
News Desk 0 response बिहिबार, साउन १५, २०७७


सम्बन्धित शीर्षकहरु

विपिन जोशीको सुरक्षित रिहाइको पहलस्वरुप टर्कीका राष्ट्रपतिलाई प्रधानमन्त्रीको टेलिफोन
बिहिबार, चैत्र ६, २०८१-
सिद्धार्थनगर देशभरकै उत्कृष्ट पालिका
शुक्रबार, चैत्र ७, २०८१ -
आज मेघगर्जन र चट्यासहितको पानी पर्ने सम्भावना
शुक्रबार, चैत्र ७, २०८१ -
नेपालले आज सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दै
शुक्रबार, चैत्र ७, २०८१ -
जापान आठौंपल्ट विश्वकपमा छनोट
शुक्रबार, चैत्र ७, २०८१ -
अमेरिकामा सङ्घीय शिक्षा विभागलाई हटाउने तयारी
शुक्रबार, चैत्र ७, २०८१
-
सिद्धार्थनगर देशभरकै उत्कृष्ट पालिका
शुक्रबार, चैत्र ७, २०८१ -
आज मेघगर्जन र चट्यासहितको पानी पर्ने सम्भावना
शुक्रबार, चैत्र ७, २०८१ -
नेपालले आज सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दै
शुक्रबार, चैत्र ७, २०८१ -
विपिन जोशीको सुरक्षित रिहाइको पहलस्वरुप टर्कीका राष्ट्रपतिलाई..
बिहिबार, चैत्र ६, २०८१ -
८ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब..
बिहिबार, चैत्र ६, २०८१
-
विपन्न समुदायका लागि कोहलपुरमा नमूना बस्ती निर्माण
शुक्रबार, फाल्गुन ३०, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त
मङ्लबार, चैत्र ४, २०८१ -
जनकपुरधाममा महामूर्ख साबित गर्न तछाडमछाड
शुक्रबार, फाल्गुन ३०, २०८१ -
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
बुधबार, फाल्गुन २८, २०८१