

-
काडमाडौं । पछिल्लो २४ घण्टामा थप २७४ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो कुराको पुष्टि गरेका छन् । यीसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या १९ हजार ५४७ पुगेको हो । सो अवधिमा छ हजार ३०४ वटा नमूनाको परीक्षण भएको उनले जानकारी दिएका थिए ।
प्रवक्ता डा. गौतमका अनुसार आज थपिने नयाँ संक्रमितमा काठमाडौं उपत्यकामा मात्र ४५ जनामा संक्रमण पुष्टि भएको छ । जसअनुसार काठमाडौंमा ४१, ललितपुर र भक्तपुरमा गरी दुई–दुई जना रहेका छन् । यस अनुसार अहिलेसम्म काठमाडौंमा ३९०, ललितपुरमा ९१ र भक्तपुरमा ५३ जना संक्रमित भएका छन् । उपत्यकामा यसअघि मंगलबार ५३ र बुधवार १५ जनामा संक्रमण पुष्टि भएको थियो ।
यसै अवधिमा थप २२७ जना कोरोना संक्रमित निको भएर घर फर्केको प्रवक्ता गौतमले जानाकारी दिए । यसरी नेपालमा हालसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १४ हजार २७८ पुगेको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ ।
मन्त्रालयका अनुसार अहिले देशभर ५ हजार २ सय २७ सक्रिय संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । यस्तै हालसम्म ३ लाख ६४ हजार ६ सय ४८ जनाको पिसिआर परीक्षण भएको छ । यसैगरी १३ हजार २०१ जना क्वारेन्टिनमा रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
News Desk 0 response बिहिबार, साउन १५, २०७७

सम्बन्धित शीर्षकहरु
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



