

-
काठमाडौं । बुधबार मुलुकभरबाट थप २१० जना कोभिड–१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा ६ हजार ३७ वटा नमूनाको परीक्षण भएकोमा २१० जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यीसँगै नेपालमा कोभिड–१९ संक्रमितको कुल संख्या १९ हजार २७३ पुगेको छ भने कोरोनाकै कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

आज थपिने नयाँ संक्रमितमा काठमाडौं उपत्यकाका मात्र १५ जना रहेका छन् । मंगलबार उपत्यकामा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसैगरी मुलुकभरका विभिन्न कोरोना उपचार केन्द्रबाट सोही अवधिमा थप १४६ जना संक्रमित निको भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले सो अवसरमा जानकारी दिएका छन् । यीसँगै हालसम्म १४ हजार २१ जना कोरोना जितेर घर फर्किएका छन् । यो निको हुने दर ७२.७ प्रतिशत भएको उनले बताए ।
मन्त्रालयका अनुसार हाल देशभर ५ हजार २ सय ३ सक्रिय संक्रमितको आइसोलेसनमा उपचार भइरहेको छ । त्यस्तै क्वारेन्टाइनमा रहनेको संख्या १४ हजर ४७१ पुगेको छ । हालसम्म ३ लाख ५८ हजार ३ सय ४४ जनाको पिसिआर परीक्षण भएको छ । भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ भने बुधबारसम्म संक्रमणमुक्त जिल्ला बनेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
News Desk 0 response बुधबार, साउन १४, २०७७

सम्बन्धित शीर्षकहरु
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



