

-
वासिङ्टन । अन्तर्राष्ट्रिय मुद्राकोषले कोरोनाभाइरस महामारीसँग जुध्न दक्षिण अफ्रिकालाई चार अर्ब ३० करोड अमेरिकी डलर वित्तीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ ।
कोषले जारी गरेको वक्तव्यमा दक्षिण अफ्रिकाको चुनौतीपूर्ण बनेको स्वास्थ्य अवस्था र गम्भीर आर्थिक प्रभावलाई सम्बोधन गर्न आपतकालीन आर्थिक व्यवस्था (आरएफई) मार्फत उक्त सहायता दिन लागिएको उल्लेख छ ।
अफ्रिकी महादेशमा दक्षिण अफ्रिकामा सबैभन्दा बढी औद्योगिक कलकारखाना रहेका छन् । यहाँ सबैभन्दा बढी कोरोना संक्रमित व्यक्ति भेटिएका छन् । सोमबारसम्ममा चार लाख ४५ हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने छ हजार ७६९ जनाको मृत्यु भएको छ ।
दक्षिण अफ्रिकाका अर्थमन्त्री टिटो माबोवेनीले मुलुकको अर्थतन्त्र यस वर्ष सन् २०२० मा करिब ७.२ प्रतिशतले खुम्चने पूर्वानुमान गरेका छन् । दक्षिण अफ्रिकाको ९० वर्षको इतिहासमा यो सबैभन्दा बढी खुम्च्याइ हो । मन्त्री टिटोले व्यापक रुपमा बढेको सार्वजनिक ऋण अर्को चुनौतीको रुपमा देखिएको बताए ।
दक्षिण अफ्रिकाको केन्द्रीय बैंकले मुद्राकोषबाट प्राप्त हुने रकम ऋण स्थिर राख्न, रोजगारी सिर्जना गर्न, कोविड–१९ सँग जुध्नुपर्ने स्वास्थ्यकर्मीलाई मद्दत गर्न तथा आर्थिक वृद्धि हुनेगरी अर्थतन्त्रलाई सुधार गर्न खर्च गरिने जनाएको छ ।
मुद्राकोषका उपव्यवस्थापक जियोफ्री ओकामोटोले दक्षिण अफ्रिकाको न्यून आर्थिक वृद्धि, उच्च बेरोजगारी र व्यापक बन्दै गएको असमानताले मुलुकको समग्र अर्थतन्त्र गहिरो मन्दीतर्फ जान लागेको बताए ।
मुद्राकोषको आरएफआई कार्यक्रममार्फत प्राप्त हुने रकमबाट दक्षिण अफ्रिकाको भुक्तानी सन्तुलनमा मद्दत पुग्नेछ । रासस/एएफपी
News Desk 0 response मङ्लबार, साउन १३, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



