

-
काडमाडौं । सोमबार थप १ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् भने तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिड–१९ ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले सो कुराको पुष्टि गरेका हुन् । यीसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ७५२ पुगेको छ भने हालसम्म कोरोनाकै कारण मृत्यु हुनेका संख्या ४८ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो अवधिमा कोरोनाका कारण तीन जनाको मृत्यु भएको हो । जसमा धनुषाको शहिदनगर नगरपालिकाका ३६ वर्षीय एक पुरुष रहेका छन् । उनमा ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भई स्वास्थ्यस्थिति गम्भीर बनेपछि थप उपचारका लागि धरान लग्ने क्रममा बाटोमा मृत्यु भएको हो । त्यसैगरी अर्का बाराको फेटा गाउँपालिका–३ निवासी ६० वर्षीय पुरुष रहेका छन् । उनको काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको थियो । उनी निमोनिया, मस्तिष्कघात र मिर्गौलासम्बन्धी रोगको उपचार गराइरहेका थिए । यस्तै कोरोनाका कारण मृत्यु हुनेमा अर्का ६५ वर्षीय भारतीय पुरुष रहेका छन् । उनको गण्डक अस्पताल बिरगञ्जमा उपचारकै क्रममा मृत्यु भएको थियो । उनमा मधुमेह र मुटुसम्बन्धी समस्या रहेको थियो ।
पछिल्लो २४ घण्टामा थप ६२६ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै हालसम्म निको हुनेहरुको संख्या १३ हजार ७५४ पुगेको मन्त्रालयले बताएको छ । यस्तै सोही अवधिमा पीसीआर विधिबाट ४ हजार ८१८ वटा नमूनाको परीक्षण भएको र अहिलेसम्म मुलुकभरबाट ३ लाख ४७ हजार ४५७ जनाको पीसीआर विधिबाट परीक्षण भइसकेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
मन्त्रालयको तथ्यांक अनुसार अहिले ४ हजार ९२० जना सक्रिय संक्रमितको देशभरका विभिन्न अस्पतालको आइसोलेशनमा उपचार भइरहेको छ । त्यसैगरी अहिले क्वारन्टीन बस्नेको संख्या १६ हजार ३७९ जना पुगेको छ ।
News Desk 0 response सोमवार, साउन १२, २०७७


सम्बन्धित शीर्षकहरु
-
स्थगित भएको इण्डियन प्रिमियर लिगका खेलहरू शनिवारदेखि..
शनिबार, जेष्ठ ४, २०८२ -
४२ सय भन्दा धेरै सहकारीको रकम हिनामिना..
शनिबार, जेष्ठ ४, २०८२ -
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
शनिबार, जेष्ठ ४, २०८२ -
सगरमाथामा एक जना पर्वतारोहीको मृत्यु, यो सिजनको..
शनिबार, जेष्ठ ४, २०८२ -
रुस र युक्रेनबीच इस्तानबुलमा वार्ता : एक/एक..
शनिबार, जेष्ठ ४, २०८२
-
४२ सय भन्दा धेरै सहकारीको रकम हिनामिना..
शनिबार, जेष्ठ ४, २०८२ -
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
शनिबार, जेष्ठ ४, २०८२ -
सगरमाथामा एक जना पर्वतारोहीको मृत्यु, यो सिजनको..
शनिबार, जेष्ठ ४, २०८२ -
नगरपालिकामा काम गर्नपर्ने कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धान..
शुक्रबार, जेष्ठ ३, २०८२ -
हावाहुरीले रुख ढल्दा च्यापिएर सुनवलमा २ जनाको..
शुक्रबार, जेष्ठ ३, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
पुष्पकमलको रिसोर्ट मोह र लुकाईएको टाउकाको चोट
बुधबार, बैशाख २४, २०८२ -
झम्कको उपलब्धि, बेरुजुमा सिन्धुपाल्चोकमा इन्द्रावती कम
बुधबार, जेष्ठ १, २०८२