

-
खार्तोम । सुडानको पश्चिमी डारफर क्षेत्रमा भएको हिंसामा परी कम्तीमा पनि ६० जनाको ज्यान गएको छ । उक्त हिंसामा परी अरु ६० जना जति नराम्ररी घाइते भएका संयुक्त राष्ट्रसंघीय अधिकारीहरुले जानकारी दिएका छन् ।
पश्चिमी डारफरको मास्तेरी भन्ने गाउँमा करिब ५०० को संख्यामा आएका सशस्त्र हतियारधारीहरुले आक्रमण गरेका थिए । सो हिंसामा परी कम्तीमा पनि ६० जनाको ज्यान गएको छ भने अरु ६० जना नराम्ररी घाइते भएका छन् ।
उक्त क्षेत्रमा शनिबार अपराह्न सो हिंसा भएको राष्ट्रसंघीय सुरक्षा अधिकारीका साथै अधिकारवादी संस्थाहरुले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । उक्त क्षेत्रमा विगत लामो समयदेखि हिंसा भइरहेको भन्दै यसलाई पछिल्लो समयमा भएको एक ठूलो हिंसाका रुपमा लिइएको छ ।
उक्त मस्तेरी गाउँमा घरहरु भत्काइएका र जलाइएका छन् भने अरु पनि कैयौँ पूर्वाधारहरु नष्ट भएका पनि बताइएको छ ।पश्चिम डारफरको सरकारी समाचार समिति सुनाले सो समाचार दिएको छ । सुनाले उक्त गाउँका विभिन्न जातीय समूहबीच सो हिंसा भएको बताएको छ ।
विभिन्न जातीय समूहरुका आ–आफ्ना सशस्त्र विद्रोही समूहहरु रहेका र उनीहरु एक आपसमा भिडन्त पनि गरेका सो समाचार समितिको समाचारमा उल्लेख गरिएको छ । यसअघि पनि हिंसा भएको सो क्षेत्रमा गएको जुलाई १३ मा सुरक्षा संकटकालको घोषणा गरिएको थियो । तर त्यस यता पनि हिंसा भने रोकिएको छैन ।
सुडानी प्रधानमन्त्री अब्दुल्लाह हामदकले उक्त क्षेत्रका नागरिकको जीवन रक्षाका लागि सेना पठाउने जानकारी दिए । उनले भने– हाल त्यहाँ खेतीबालीको मौसम रहेकाले यस समयमा हुनसक्ने हिंसा रोक्नका लागि पनि त्यस क्षेत्रमा आवश्यक परेको संख्यामा हामी सुरक्षाकर्मीहरु पठाउने तयारी गरेका छौँ ।
पश्चिमी सुडानी क्षेत्र डारफरमा गएको सन् २००३ देखि ठूलो हिंसा मच्चाइएको छ । त्यहाँ जातीय विद्रोही र सुरक्षा अधिकारीहरुका बीचमा त्यस यता देखि नै हिंसा जारी रहेको बताइएको छ । रासस/सिन्ह्वा
News Desk 0 response सोमवार, साउन १२, २०७७


सम्बन्धित शीर्षकहरु
-
स्थगित भएको इण्डियन प्रिमियर लिगका खेलहरू शनिवारदेखि..
शनिबार, जेष्ठ ४, २०८२ -
४२ सय भन्दा धेरै सहकारीको रकम हिनामिना..
शनिबार, जेष्ठ ४, २०८२ -
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
शनिबार, जेष्ठ ४, २०८२ -
सगरमाथामा एक जना पर्वतारोहीको मृत्यु, यो सिजनको..
शनिबार, जेष्ठ ४, २०८२ -
रुस र युक्रेनबीच इस्तानबुलमा वार्ता : एक/एक..
शनिबार, जेष्ठ ४, २०८२
-
४२ सय भन्दा धेरै सहकारीको रकम हिनामिना..
शनिबार, जेष्ठ ४, २०८२ -
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
शनिबार, जेष्ठ ४, २०८२ -
सगरमाथामा एक जना पर्वतारोहीको मृत्यु, यो सिजनको..
शनिबार, जेष्ठ ४, २०८२ -
नगरपालिकामा काम गर्नपर्ने कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धान..
शुक्रबार, जेष्ठ ३, २०८२ -
हावाहुरीले रुख ढल्दा च्यापिएर सुनवलमा २ जनाको..
शुक्रबार, जेष्ठ ३, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
पुष्पकमलको रिसोर्ट मोह र लुकाईएको टाउकाको चोट
बुधबार, बैशाख २४, २०८२ -
झम्कको उपलब्धि, बेरुजुमा सिन्धुपाल्चोकमा इन्द्रावती कम
बुधबार, जेष्ठ १, २०८२