

-
काठमाडौं । पछिल्लो चौबीस घण्टामा थप १३० जना कोरोना भाइरस संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त संख्यामा नयाँ संक्रमित थपिएसँगै मुलुकभर १८ हजार ६१३ जना कोरोना संक्रमित पुगेको बताएका हुन् । आज थपिने नयाँ संक्रमितमा काठमाडौं उपत्यकाबाट ८ जना रहेका छन् । कुल संक्रमितमध्ये अहिलेसम्म ४५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

त्यसैगरी सोही अवधिमा देशभरिबाट थप ७५ जना निको भएर डिस्चार्ज भएको छन् । यसरी हालसम्म १३ हजार १२८ जना कोरोना जितेर मुक्त भएको प्रवक्ता गौतमले सो अवसरमा जानकारी दिए । नेपालमा निको हुनेको दर ७०.५ प्रतिशत हो ।
मन्त्रालयका अनुसार अहिले सक्रिय संक्रमण भएका कुल ५ हजार ४४० व्यक्ति देशभरि आइसोलेशनमा छन् । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ३०० वटा नमूनाको परीक्षण गरिएको थियो भने हालसम्म मुलुकभरबाट पीसीआर विधिबाट कुल ३ लाख ४२ हजार ४५७ व्यक्तिको परीक्षण भइसकेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । त्यसैगरी अहिले देशभरिका क्वारन्टीनमा १७ हजार ९०३ जना छन् ।
यस्तै रौतहट, कैलाली र बाजुरा तीन जिल्लामा पाँच सय बढी कोरोना संक्रमित रहेका छन् भने ६ जिल्ला कोरोनामुक्त भएका छन् । जसमा पाँचथर, भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ जिल्ला रहेको मन्त्रालयले बताएको छ ।
News Desk 0 response आइतवार, साउन ११, २०७७

सम्बन्धित शीर्षकहरु
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



