

-
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले विगत एक महिनामा ८१ लाख बराबरको अवैध सामान र सवारी साधन बरामद गरेको छ ।
सो अवधिमा मरिच, लत्ताकपडा, भारतीय रकम, खैनी, मटर, चना, सुपारी, टिभि, यूरिया मल, घरेलु मदिरा गरी २९ लाख ८० हजार ८६० मूल्य बराबरको सामान अवैधरुपमा भारततर्फ पैठारी एवं निकासीका क्रममा पक्राउ गरिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । यस्तै अवैध रुपमा चोरी निकासी एवं पैठारीमा प्रयोग गरिएको ५१ लाख ३१ हजार ४८० मूल्य बराबरको ३० विभिन्न सवारी साधन पक्राउ गरिएको छ ।
कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक सन्तोष खड्काले जिल्लाका विभिन्न प्रहरी कार्यालयले एक महिनाको अवधिमा भारततर्फ चोरी निकासी गर्ने क्रममा विभिन्न सामग्री, सवारी साधन तथा अवैध घरेलु मदिरा पक्राउ गरी विराटनगर भन्सार कार्यालय रानी र आन्तरिक राजश्व कार्यालयमा वुझाएको जानकारी दिए । सोही क्रममा ३६ व्यक्तिलाई पक्राउ गरिएको प्रमुख खड्काले बताए ।
यस्तै प्रहरीले विगत एक महिनाको अवधिमा चोरी एवं हराएका २८ थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । कार्यालयले हराएका एवं चोरी भएका मोबाइल पत्ता लगाउन पाँच जनाको एक टोली परिचालन गरेको कार्यालयले जनाएको छ ।
News Desk 0 response शनिबार, साउन १०, २०७७

सम्बन्धित शीर्षकहरु
-
रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण
बिहिबार, असार ४, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३
-
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३ -
दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि..
बुधबार, असार ३, २०८३
-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध..
बुधबार, जेष्ठ २७, २०८३



