

-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा आयोजना गर्न लागिएको रिपब्लीकन पार्टीको चुनावी सभा स्थगित गरेका छन् । अमेरिकाको फ्लोरिडामा कोरोनाभाइरस संक्रमितको संख्या बढेसँगै ट्रम्पले बिहीबार भेला स्थगित गरेका हुन् ।
ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले अर्को महिना ज्याक्सनभिल्लेमा गर्न लागिएको अर्को भेला पनि रद्द गरेको जानकारी दिए । राष्ट्रपति ट्रम्पले यस्तो संकटको समयमा ठूला, भिडभाडयुक्त भेला गर्नु उपयुक्त नभएको स्पष्ट गरेका थिए ।
अमेरिकी जोन्स हप्किन्स विश्वविद्यालयले संयुक्तराज्य अमेरिकामा कोरोनाभाइरस संक्रमितको संख्या ४० लाखभन्दा बढी पुगिसकेको विवरण सार्वजनिक गरेको केही घण्टापछि राष्ट्रपति ट्रम्पले यस्तो घोषणा गरेका हुन् ।
अमेरिकामा कोरानाभाइरसकै कारण एक लाख ४४ हजारभन्दा बढीको ज्यान गइसकेको छ । दोस्रो स्थानमा ब्राजिलमा सबैभन्दा बढीको मृत्यु भएको छ भने भारतमा कोराना संक्रमितको संख्या नाटकीय रुपमा बढ्दै गएको छ ।
संयुक्तराज्य अमेरिकामा दक्षिणी र पश्चिमी राज्यहरु टेक्सास, क्यालिफोर्निया, अलाबामा, इडाहो र फ्लोरिडामा सबैभन्दा बढी प्रभाव देखिएको छ ।
राष्ट्रपति ट्रम्पले उत्तरी क्यारोलिनामा चाँडै अर्को भेला आयोजना गर्ने जानकारी दिनुभयो । यो बैठकले आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिको चुनावका लागि रिपब्लीकन पार्टीका तर्फबाट राष्ट्रपति ट्रम्पलाई पुनः उम्मेदवार बनाउन औपचारिक मनोनयन गर्नेछ ।
ज्याक्सनभिल्ले सम्मेलन आगामी अगष्ट २४–२७ मा हुँदैछ तर यो शहरमै अहिले कोरोना संक्रमितको संख्या दिनहुँ व्यापक रुपमा बढिरहेको छ । रासस/एएफपी
News Desk 0 response शुक्रबार, साउन ९, २०७७


सम्बन्धित शीर्षकहरु
-
मन्त्रिपरिषद् बैठक सुरू, कस्तो आउला निर्णय ?
बुधबार, जेष्ठ १, २०८२ -
सरकारी बेरुजु ७ खर्ब ३३ अर्ब रुपैयाँ..
बुधबार, जेष्ठ १, २०८२ -
कतारले दिएको बोइङ ७४७ उपहार अस्वीकार गर्नु..
बुधबार, जेष्ठ १, २०८२ -
धादिङबाट पोखरा जाँदै गरेको गाडी दुर्घटना :..
बुधबार, जेष्ठ १, २०८२ -
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्ता छन् संभावित..
बुधबार, जेष्ठ १, २०८२
-
मन्त्रिपरिषद् बैठक सुरू, कस्तो आउला निर्णय ?
बुधबार, जेष्ठ १, २०८२ -
सरकारी बेरुजु ७ खर्ब ३३ अर्ब रुपैयाँ..
बुधबार, जेष्ठ १, २०८२ -
धादिङबाट पोखरा जाँदै गरेको गाडी दुर्घटना :..
बुधबार, जेष्ठ १, २०८२ -
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्ता छन् संभावित..
बुधबार, जेष्ठ १, २०८२ -
आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
बुधबार, जेष्ठ १, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२