

-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा आयोजना गर्न लागिएको रिपब्लीकन पार्टीको चुनावी सभा स्थगित गरेका छन् । अमेरिकाको फ्लोरिडामा कोरोनाभाइरस संक्रमितको संख्या बढेसँगै ट्रम्पले बिहीबार भेला स्थगित गरेका हुन् ।
ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले अर्को महिना ज्याक्सनभिल्लेमा गर्न लागिएको अर्को भेला पनि रद्द गरेको जानकारी दिए । राष्ट्रपति ट्रम्पले यस्तो संकटको समयमा ठूला, भिडभाडयुक्त भेला गर्नु उपयुक्त नभएको स्पष्ट गरेका थिए ।
अमेरिकी जोन्स हप्किन्स विश्वविद्यालयले संयुक्तराज्य अमेरिकामा कोरोनाभाइरस संक्रमितको संख्या ४० लाखभन्दा बढी पुगिसकेको विवरण सार्वजनिक गरेको केही घण्टापछि राष्ट्रपति ट्रम्पले यस्तो घोषणा गरेका हुन् ।
अमेरिकामा कोरानाभाइरसकै कारण एक लाख ४४ हजारभन्दा बढीको ज्यान गइसकेको छ । दोस्रो स्थानमा ब्राजिलमा सबैभन्दा बढीको मृत्यु भएको छ भने भारतमा कोराना संक्रमितको संख्या नाटकीय रुपमा बढ्दै गएको छ ।
संयुक्तराज्य अमेरिकामा दक्षिणी र पश्चिमी राज्यहरु टेक्सास, क्यालिफोर्निया, अलाबामा, इडाहो र फ्लोरिडामा सबैभन्दा बढी प्रभाव देखिएको छ ।
राष्ट्रपति ट्रम्पले उत्तरी क्यारोलिनामा चाँडै अर्को भेला आयोजना गर्ने जानकारी दिनुभयो । यो बैठकले आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिको चुनावका लागि रिपब्लीकन पार्टीका तर्फबाट राष्ट्रपति ट्रम्पलाई पुनः उम्मेदवार बनाउन औपचारिक मनोनयन गर्नेछ ।
ज्याक्सनभिल्ले सम्मेलन आगामी अगष्ट २४–२७ मा हुँदैछ तर यो शहरमै अहिले कोरोना संक्रमितको संख्या दिनहुँ व्यापक रुपमा बढिरहेको छ । रासस/एएफपी
News Desk 0 response शुक्रबार, साउन ९, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



