

-
इजरायलको एक कम्पनीले ३० सेकेन्डमै कोरोनाभाइरस परीक्षण गर्ने यन्त्र विकास गर्न लागेको छ ।
मानिसले मदिरा सेवन गरेको छ छैन भन्ने थाहा पहाउन हाल प्रयोगमा ल्याइएका ब्रेथलाइजर मेसिन झैं यो ब्रेथलाइजर मेसिनले पनि मानिसको श्वासलाई विश्लेषण गरेर तुरुन्तै नतिजा देखाउने निर्माता कम्पनीले दाबी गरेको छ ।
यस उपकरणको प्रयोगले महामारीको हालको अवस्थालाई सामान्यीकरण गर्न ठूलो मद्दत गर्ने विश्वास लिइएको छ ।
परीक्षण किट निर्माण गरिरहेको नानोसेन्टले हाल इजरायलमा परीक्षण गरिएको यस मेसिनले ८५ प्रतिशत सही नतिजा दिएको जनाएको छ । यस उत्पादनलाई एक दुई महिनाभित्रै नियामक निकायबाट स्वीकृति लिने गरी काम भइरहेको कम्पनीले बताएको छ ।
प्रमुख कार्यकारी ओरेन गाभ्रिलीले ब्रेथलाइजरबाट जाँच भए पनि प्रयोगशाला परीक्षणको अलग्गै महत्व हुने बताए । तर व्यापक समुदायमा परीक्षण गर्न यस मेसिनले मद्दत गर्ने भएकाले आममानिसलाई आत्मविश्वास सिर्जना गर्ने उनले जानकारी दिए ।
इजरायलको नानोसेन्ट कम्पनीले वर्षौंदेखि औषधि विज्ञान सहित उच्चस्तरका संवेदनशील उपकरण निर्माण गरिरहेको छ । एएफपी
News Desk 0 response शुक्रबार, साउन ९, २०७७

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



