

-
चीन । अन्तरिक्ष विज्ञानमा निरन्तर फड्को मारिरहेको चीनले बिहीबार पृथ्वीबाट सबैभन्दा नजिकको मंगलग्रहको अध्ययन गर्न एउटा अन्तरिक्ष यान प्रक्षेपण गरेको छ ।
संयुक्तराज्य अमेरिकाले पनि मंगलग्रहको अध्ययनका लागि आगामी जुलाई ३० मा अर्को अन्तरिक्ष यान प्रक्षेपण गर्ने योजना बनाएको छ । दुबै मुलुकबीच अथाह खगोलीय पिण्डहरुको खोजीमा अहिले प्रतिस्पर्धाकै स्थिति उत्पन्न भएको छ ।
चीनले आफ्नो मंगल अभियानलाई तियानवेन–१ (“स्वर्गको जिज्ञासा”) राखेको छ ।
चीनको हेनान प्रान्तबाट प्रक्षेपण गरिएको यस यानलाई चीनको लङ मार्च ५ बाट प्रक्षेपण गरिएको थियो । प्रक्षेपण सफलतापूर्वक सम्पन्न भएको भन्दै इन्जिनियर र अरु कर्मचारीले खुशीयाली साटासाट गरेका थिए ।
साइट कमान्डर झाङ झुयुले राज्य संचालित सिसिटिभी टेलिभिजनबाट प्रक्षेपण अभियान सफल भएको घोषणा गरेका थिए ।
पाँच टन वजनको तियानवेन–१ करिब सात महिनापछि फेब्रुअरी २०२१ मा ५ करोड ५० लाख किलोमिटरको यात्रा गरेर पृथ्वीमा फर्कने छ । यस मिसनमा एउटा मार्स अर्बिटर, एउटा ल्यान्डर र एउटा रोभर रहेको छ । यी उपकरणको मद्दतबाट मंगल ग्रहको माटोको अध्ययन गरिने चिनियाँ वैज्ञानिकहरुले बताएका छन् ।
हार्वर्ड–स्मिथसोनियन सेन्टरका अन्तरिक्षयात्री जोनाथन म्याडावेलले चीनले पहिलो पटक गरेको यस प्रयासबाट ठूलै उपलब्धि हासिल भइहाल्नेमा अहिल्यै आशावादी हुन नसकिने बताए । उनले अमेरिकाले पनि यस्तो परीक्षण पहिल्यै गरिसकेको बताए ।
मंगल खोज अभियानमा अरु पनि मुलुक सहभागी हुन थालेका छन् । संयुक्त अरब इमिरेट्स (युएई) ले पनि गत सोमबार एउटा यान जापानबाट प्रक्षेपण गरेको छ ।
तर हेर्नलायक मुख्य प्रतिस्पर्धा चीन र संयुक्तराज्य अमेरिकाबीच नै हुनेछ । चीनले पछिल्ला वर्षहरुमा अन्तरिक्ष खोजमा अमेरिकाको बर्चश्व समाप्त गर्ने प्रयासस्वरुप व्यापक अभियान संचालन गरिरहेको छ ।
अमेरिकी अन्तरिक्ष अन्वेषण केन्द्र नासाले सन् १९९० को अन्त्यदेखि मंगल ग्रहमा चारवटा रोभर यन्त्र पठाइसकेको छ ।
नासाले सन् २०३१ सम्ममा मंगल ग्रहबाट ढुंगा र बालुवाका नमुना संकलन गरेर पृथ्वीमा ल्याउने लक्ष लिएको छ ।
अन्तरिक्षयात्री म्याडावेलले चीनको तियानवेन–१ मिसन नासाले सन् १९७५–७६ मा प्रक्षेपण गरेको भाइकिङ समानको मात्र रहेको पनि बताए ।
सन् १९६० देखि शुरु भएका मंगल ग्रह अभियानमा हालसम्म अमेरिका, रसिया, युरोप, जापान र भारत सामेल भइसके पनि अधिकांश यी अभियान असफल भएका छन् । एएफपी
News Desk 0 response बिहिबार, साउन ८, २०७७


सम्बन्धित शीर्षकहरु
-
इन्जिनियर सन्तोष कुमार यादव घुससहित नियन्त्रणमा
बिहिबार, जेष्ठ २, २०८२ -
जन्मदिनको अवसरमा सिन्धुपाल्चोक काग्रेसका उपसभापति दोर्जेद्वारा जेष्ठ..
बिहिबार, जेष्ठ २, २०८२ -
चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका उपाध्यक्ष सियाओ..
बिहिबार, जेष्ठ २, २०८२ -
नागढुंगामा हातपातमा उत्रिएका दुवै प्रहरीलाई जिम्मेवारीबाट हटाइयो
बिहिबार, जेष्ठ २, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटमा आज नेपाल..
बिहिबार, जेष्ठ २, २०८२
-
इन्जिनियर सन्तोष कुमार यादव घुससहित नियन्त्रणमा
बिहिबार, जेष्ठ २, २०८२ -
जन्मदिनको अवसरमा सिन्धुपाल्चोक काग्रेसका उपसभापति दोर्जेद्वारा जेष्ठ..
बिहिबार, जेष्ठ २, २०८२ -
चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका उपाध्यक्ष सियाओ..
बिहिबार, जेष्ठ २, २०८२ -
नागढुंगामा हातपातमा उत्रिएका दुवै प्रहरीलाई जिम्मेवारीबाट हटाइयो
बिहिबार, जेष्ठ २, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटमा आज नेपाल..
बिहिबार, जेष्ठ २, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२