

-
जेनेभा । विश्वमा बिहीबारसम्म एक करोड ५३ लाख ८२ हजार ४६९ जना व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । कोरोना भाइरस संक्रमणको कारण विश्वभरी छ लाख ३० हजार ३६९ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार जानकारी दिएको छ ।
संक्रमितमध्ये हालसम्म ९३ लाख ५६ हजार ३५४ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५३ लाख ९५ हजार ७४६ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितमध्ये ६६ हजार २१५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४१ लाख १ हजार जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ४६ हजार १८५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा ३४ लाख ६३ हजार २४६ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ एक लाख २७ हजार ४७ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४८ लाख ५ हजार ८५९ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ दुई लाख १ हजार ९०७ जनाको मृत्यु भएको छ ।
युरोपमा २७ लाख १७ हजार ९५० जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख १५४ को मृत्यु भएको छ । एसिया ३६ लाख ६ हजार ३६ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ८४ हजार ६०४ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा सात लाख ७३ हजार ६५९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १६ हजार ४८७ जनाको मृत्यु भएको छ । ओसियानामा १४ हजार ९९८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १५५ जनाको मृत्यु भएको छ । रासस/एएफपी
News Desk 0 response बिहिबार, साउन ८, २०७७

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



