

-
काठमाडौं । पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा थप १०० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिड–१९ अपडेटमा प्रवक्ता डा. जागेश्वर गौतमले मुलुकभरका २७ प्रयोगशालामा ३ हजार ७७९ वटा नमूनाको परीक्षण हुँदा १०० जना संक्रमित थपिएको पुष्टि गरेका हुन् । थपिएको संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार कोरोना संक्रमणबाट एक चिनियाँ नागरिकसहित दुईको मृत्यु भएको छ । मृत्यु हुने चिनियाँ नागरिकमा ४९ वर्षीया एक महिला रहेकी छन् । उनको काठमाडौंको ग्याण्डी अस्पतालमा उपचारका क्रममा साउन ७ गते मृत्यु भएको हो ।
त्यसैगरी मृतकमध्ये अर्का एक धनुषाका ६० वर्षीय पुरुष रहेका छन् । उनको विपी स्वास्थ्य प्रतिष्ठानमा उपचारको क्रममा साउन ६ गते मृत्यु भएको हो । मत्युपश्चात् गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले बताए । यीसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
मन्त्रालयका अनुसार सोही अवधिमा थप २०७ जना कोरोना जितेर निको भएका छन् । यीसँगै निको हुनेको कुल संख्या १२ हजार ८४२ पुगेको छ । अहिलेसम्म ७०.१ प्रतिशत निको भएका छन् । हाल विभिन्न अस्पतालमा ५ हजार ३६८ सक्रिय संक्रमितको आइसोलेसनमा उपचार भइरहेको छ । क्वारेन्टाइनमा रहनेको संख्या २० हजार ८४२ रहेको छ ।
मुलुकभरबाट अहिलेसम्म ३ लाख २७ हजार ६१४ वटा नमूनाको पीसीआर परीक्षण गरिसकिएको पनि मन्त्रालयले बताएको छ ।
News Desk 0 response बुधबार, साउन ७, २०७७


सम्बन्धित शीर्षकहरु
-
स्थगित भएको इण्डियन प्रिमियर लिगका खेलहरू शनिवारदेखि..
शनिबार, जेष्ठ ४, २०८२ -
४२ सय भन्दा धेरै सहकारीको रकम हिनामिना..
शनिबार, जेष्ठ ४, २०८२ -
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
शनिबार, जेष्ठ ४, २०८२ -
सगरमाथामा एक जना पर्वतारोहीको मृत्यु, यो सिजनको..
शनिबार, जेष्ठ ४, २०८२ -
रुस र युक्रेनबीच इस्तानबुलमा वार्ता : एक/एक..
शनिबार, जेष्ठ ४, २०८२
-
४२ सय भन्दा धेरै सहकारीको रकम हिनामिना..
शनिबार, जेष्ठ ४, २०८२ -
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
शनिबार, जेष्ठ ४, २०८२ -
सगरमाथामा एक जना पर्वतारोहीको मृत्यु, यो सिजनको..
शनिबार, जेष्ठ ४, २०८२ -
नगरपालिकामा काम गर्नपर्ने कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धान..
शुक्रबार, जेष्ठ ३, २०८२ -
हावाहुरीले रुख ढल्दा च्यापिएर सुनवलमा २ जनाको..
शुक्रबार, जेष्ठ ३, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
पुष्पकमलको रिसोर्ट मोह र लुकाईएको टाउकाको चोट
बुधबार, बैशाख २४, २०८२ -
झम्कको उपलब्धि, बेरुजुमा सिन्धुपाल्चोकमा इन्द्रावती कम
बुधबार, जेष्ठ १, २०८२