

-
काठमाडौं । पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा थप १०० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिड–१९ अपडेटमा प्रवक्ता डा. जागेश्वर गौतमले मुलुकभरका २७ प्रयोगशालामा ३ हजार ७७९ वटा नमूनाको परीक्षण हुँदा १०० जना संक्रमित थपिएको पुष्टि गरेका हुन् । थपिएको संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार कोरोना संक्रमणबाट एक चिनियाँ नागरिकसहित दुईको मृत्यु भएको छ । मृत्यु हुने चिनियाँ नागरिकमा ४९ वर्षीया एक महिला रहेकी छन् । उनको काठमाडौंको ग्याण्डी अस्पतालमा उपचारका क्रममा साउन ७ गते मृत्यु भएको हो ।
त्यसैगरी मृतकमध्ये अर्का एक धनुषाका ६० वर्षीय पुरुष रहेका छन् । उनको विपी स्वास्थ्य प्रतिष्ठानमा उपचारको क्रममा साउन ६ गते मृत्यु भएको हो । मत्युपश्चात् गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले बताए । यीसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
मन्त्रालयका अनुसार सोही अवधिमा थप २०७ जना कोरोना जितेर निको भएका छन् । यीसँगै निको हुनेको कुल संख्या १२ हजार ८४२ पुगेको छ । अहिलेसम्म ७०.१ प्रतिशत निको भएका छन् । हाल विभिन्न अस्पतालमा ५ हजार ३६८ सक्रिय संक्रमितको आइसोलेसनमा उपचार भइरहेको छ । क्वारेन्टाइनमा रहनेको संख्या २० हजार ८४२ रहेको छ ।
मुलुकभरबाट अहिलेसम्म ३ लाख २७ हजार ६१४ वटा नमूनाको पीसीआर परीक्षण गरिसकिएको पनि मन्त्रालयले बताएको छ ।
News Desk 0 response बुधबार, साउन ७, २०७७

सम्बन्धित शीर्षकहरु
-
विद्युतीय चुलोमा अनुदान दिने सरकारको रणनीति
आइतवार, जेष्ठ ३, २०८३ -
युद्ध अवधिमा इरानका ५१ हजार भवनमा क्षति
आइतवार, जेष्ठ ३, २०८३ -
कीर्तिमानी आरोही शेर्पाद्वयलाई प्रधानमन्त्री शाहको बधाई
आइतवार, जेष्ठ ३, २०८३ -
बैशाखमा घरजग्गा कारोबारमा उत्साह, राजस्व बढ्यो
आइतवार, जेष्ठ ३, २०८३ -
१० महिनामा ४५ अर्ब ३२ करोड रुपैयाँ..
आइतवार, जेष्ठ ३, २०८३
-
विद्युतीय चुलोमा अनुदान दिने सरकारको रणनीति
आइतवार, जेष्ठ ३, २०८३ -
युद्ध अवधिमा इरानका ५१ हजार भवनमा क्षति
आइतवार, जेष्ठ ३, २०८३ -
कीर्तिमानी आरोही शेर्पाद्वयलाई प्रधानमन्त्री शाहको बधाई
आइतवार, जेष्ठ ३, २०८३ -
बैशाखमा घरजग्गा कारोबारमा उत्साह, राजस्व बढ्यो
आइतवार, जेष्ठ ३, २०८३ -
१० महिनामा ४५ अर्ब ३२ करोड रुपैयाँ..
आइतवार, जेष्ठ ३, २०८३
-
राजनीतिमा भाग लिए सरकारी कर्मचारी बर्खास्तीमा पर्न..
बुधबार, बैशाख ३०, २०८३ -
नेपालको सार्वजनिक प्रशासनिक संयन्त्र
बिहिबार, बैशाख ३१, २०८३ -
ट्रेड युनियनको खारेजीदेखि सुशासन प्रवर्द्धनलाई नतिजामुखी बनाउने..
सोमवार, बैशाख २८, २०८३ -
कामु प्रधानन्यायाधीश प्रधानको नेतृत्वमा सरकारको निर्णयबिरुद्ध..
सोमवार, बैशाख २८, २०८३ -
काठमाडौंमा भूकम्पको धक्का
बुधबार, बैशाख ३०, २०८३



