

-
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले एक आर्थिक वर्षमै सम्पन्न हुने आयोजनाको भदौसम्ममा बोलपत्र आह्वान गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आज बसेको बैठकमा उनले आयोजनाको बोलपत्र आह्वान आर्थिक वर्षको शुरुकै महिनामा गरिने दृढता व्यक्त गरेका हुन् ।
एक वर्षमा सम्पन्न हुने आयोजनामा सकेसम्म भदौ र नसके असोजसम्ममा बोलपत्र आह्वान गरिने उनको भनाइ थियो । त्यस्तै एक वर्षभन्दा लामो समयको आयोजनालाई दशैँतिहार, छठलगायत चाडपर्वभन्दा पहिले नै ठेक्का प्रक्रिया शुरु गरिने उनको प्रतिबद्धता थियो । उनले भने, “मन्त्रालयले गर्ने विकासनिर्माणमा असार कुर्ने होइन, समयमा नै काम गर्छौँ ।”
मन्त्री नेम्वाङले अर्को प्रसङ्गमा भौतिक मन्त्रालयमा दरबन्दीभन्दा धेरै कम जनशक्ति कार्यरत रहेको बताए । मन्त्रालय र मातहतका कार्यालयमा कर्मचारी पहिलो श्रेणीका १३, दोस्रो श्रेणीका ४०, इञ्जिनीयर ११६ र सबइञ्जिनीयर १५० दरबन्दी रिक्त छन् । मन्त्रालयले सङ्गठन तथा व्यवस्थापन निर्देशिका स्वीकृतिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएकामा फाइल त्यहीँ अड्किएको उनले बताए ।
केही वर्ष पहिलेसम्म झोलुङ्गे पुल भए पुग्ने स्थानमा अहिले दुई लेनको सडक पुल आवश्यक भएको मन्त्रालयले जनाएको छ । देशभरमा अहिले झण्डै एक हजार पाँच सय पुल निर्माणाधीन भए पनि तीमध्ये एक वर्षमा दुईदेखि तीन सयसम्म मात्रै सम्पन्न गर्न सक्ने क्षमता व्यवसायीको भएको बताइएको छ । मन्त्री नेम्वाङले भने, “त्यसैले पनि कुन ठाउँमा कति पुल बढी आवश्यक छ भनी हामीले छुट्टाउनैपर्छ ।”
News Desk 0 response आइतवार, साउन ४, २०७७

सम्बन्धित शीर्षकहरु
-
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
निजामती कर्मचारी अस्पतालको सेवा सिंहदरवार भित्र
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३
-
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३ -
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना
बिहिबार, असार १८, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३



