

-
जेनेभा । विश्वमा कोरोना भाइरस संक्रमणका कारण ६ लाख भन्दा बढी व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार जानकारी दिएको छ । सो संगठनकाअनुसार शनिबार साँझसम्म विश्वभरीमा १ करोड ४२ लाख २८ हजार १८५ जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।
संक्रमित मध्ये हालसम्म ८४ लाख ९५ हजार १२२ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५१ लाख ३२ हजार ८२५ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरु मध्ये ५९ हजार ८०१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३७ लाख ७१ हजार १०१ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ४२ हजार ८० व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा ३१ लाख ७४ हजार ६७३ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख १५ हजार ११४ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४४ लाख १५ हजार ७५५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ९४ हजार ३१८ जनाको मृत्यु भएको छ ।
युरोपमा २६ लाख ५४ हजार ४६२ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९८ हजार ८०२ को मृत्यु भएको छ । एसिया ३२ लाख ८१ हजार ६७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ७७ हजार १२२ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा ६ लाख ८८ हजार ३९० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १४ हजार ७२७ जनाको मृत्यु भएको छ । ओसियानामा १३ हजार ११७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १४० जनाको मृत्यु भएको छ । एएफपी
News Desk 0 response शनिबार, साउन ३, २०७७


सम्बन्धित शीर्षकहरु

पाकिस्तानले तीन घण्टा नबित्दै युद्धविराम सम्झौताको उल्लङ्घन गरेको भारतीय आरोप
आइतवार, बैशाख २८, २०८२-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो..
मङ्लबार, बैशाख ३०, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटको आज नेपाल..
मङ्लबार, बैशाख ३०, २०८२ -
पाकिस्तानले आतङ्कवादलाई संरक्षण गरेको भारतको आरोप
मङ्लबार, बैशाख ३०, २०८२ -
पूर्व–पश्चिम राजमार्गको नवलपरासी र बीपी राजमार्गको काभ्रेमा..
मङ्लबार, बैशाख ३०, २०८२ -
निडर ‘म्याडम’ नीलम
सोमवार, बैशाख २९, २०८२
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो..
मङ्लबार, बैशाख ३०, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटको आज नेपाल..
मङ्लबार, बैशाख ३०, २०८२ -
पाकिस्तानले आतङ्कवादलाई संरक्षण गरेको भारतको आरोप
मङ्लबार, बैशाख ३०, २०८२ -
पूर्व–पश्चिम राजमार्गको नवलपरासी र बीपी राजमार्गको काभ्रेमा..
मङ्लबार, बैशाख ३०, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२