

-
काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न जिल्लामा थप १०१ व्यक्तिमा कारोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् । मन्त्रालयको नियमित कोरोना पत्रकार सम्मेलनमा उक्त संख्यामा नयाँ संक्रमित थपिएसँगै देशभरि कोरोना पुष्टि भएका संक्रमितको कुल संख्या १७ हजार ४४५ पुगेको प्रवक्ता गौतमले जानकारी दिएका थिए ।
त्यसैगरी बिहीबार राति सप्तरीको राजविराज-६ का ७३ वर्षीय व्यापारी रामकृष्ण दासको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । यीसँगै हालसम्म कोरोनाकै कारण ४० जनाको मृत्यु भएको छ ।
प्रवक्ता गौतमका अनुसार यही अवधिमा विभिन्न कोरोना उपचार केन्द्रबाट थप २८५ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म कोरोना जितेर ११ हजार ५३४ व्यक्ति घर फर्किएका छन् । यो कुल संक्रमितको ६६ दशमलब १२ प्रतिशत हो ।
यसैगरी पछिल्लो चौबीस घण्टामा विभिन्न प्रयोगशालामा चार हजार ६८८ वटा नमूनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । अहिले संक्रमण पुष्टि भएकामध्ये पाँच हजार ८७१ व्यक्तिको आइसोलेशनमा उपचार भइरहेको छ । उनीहरु सक्रिय संक्रमित हुन् ।
मन्त्रालयका अनुसार शुक्रबारसम्म पीसीआर विधिबाट २ लाख ९८ हजार ८२९ वटा नमूनाको परीक्षण गरिएका छन् । अहिले क्वारेन्टाइनमा २२ हजार ७५६ जना रहेका छन् ।
News Desk 0 response शुक्रबार, साउन २, २०७७


सम्बन्धित शीर्षकहरु

जन्मदिनको अवसरमा सिन्धुपाल्चोक काग्रेसका उपसभापति दोर्जेद्वारा जेष्ठ नागरिकलाई खाना
बिहिबार, जेष्ठ २, २०८२-
जन्मदिनको अवसरमा सिन्धुपाल्चोक काग्रेसका उपसभापति दोर्जेद्वारा जेष्ठ..
बिहिबार, जेष्ठ २, २०८२ -
चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका उपाध्यक्ष सियाओ..
बिहिबार, जेष्ठ २, २०८२ -
नागढुंगामा हातपातमा उत्रिएका दुवै प्रहरीलाई जिम्मेवारीबाट हटाइयो
बिहिबार, जेष्ठ २, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटमा आज नेपाल..
बिहिबार, जेष्ठ २, २०८२ -
युक्रेनसँगको शान्ति वार्तामा रुसी राष्ट्रपति पुटिन सहभागी..
बिहिबार, जेष्ठ २, २०८२
-
जन्मदिनको अवसरमा सिन्धुपाल्चोक काग्रेसका उपसभापति दोर्जेद्वारा जेष्ठ..
बिहिबार, जेष्ठ २, २०८२ -
चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका उपाध्यक्ष सियाओ..
बिहिबार, जेष्ठ २, २०८२ -
नागढुंगामा हातपातमा उत्रिएका दुवै प्रहरीलाई जिम्मेवारीबाट हटाइयो
बिहिबार, जेष्ठ २, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटमा आज नेपाल..
बिहिबार, जेष्ठ २, २०८२ -
झम्कको उपलब्धि, बेरुजुमा सिन्धुपाल्चोकमा इन्द्रावती कम
बुधबार, जेष्ठ १, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२