• काडमाडौं । बिहीवार थप १६७ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले योसँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ३४४ पुगेको जानकारी दिएका हुन् ।

    प्रवक्ता डा. गौतमका अनुसार विगत २४ घन्टामा २१३ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म कोरोना जितेर घर जानेको संख्या ११ हजार २४९ पुगेको छ । यो कुल संक्रमितको आधारमा ६४.८५ प्रतिशत हो । ३९ जनाको भने कोरोनाकै कारण मृत्यु भइसकेको छ । हाल आइसोलेशनमा ६ हजार ५६ सक्रिय संक्रमितको उपचार भइरहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

    मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ९८१ वटा नमूनाको परीक्षण भएको थियो । हालसम्म मुलुकभर ३ लाख ३ हजार ८१० जनाको पीसीआर परीक्षण भएको छ । अहिले देशभर २४ हजार ५२७ जना क्वारेन्टाइनमा रहेका छन् । मन्त्रालयका अनुसार अहिले ५२६ जना रेड जोनमा परेका छन् ।