

-
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप ११६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५ हजार ९० वटा नमूनाको पीसीआर विधिबाट परीक्षण भएकोमा उक्त संख्यामा नयाँ संक्रमित थपिएको पुष्टि गरेका हुन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार १७७ पुगेको उनले जानकारी दिए । उनका अनुसार हाल मुलुकभर सकृय संक्रमित छ हजार ११४ रहेका छन् । उनीहरुकोे आइसोलेसनमा उपचार भइरहेको छ ।
त्यसैगरी बुधबार थपिने संक्रमितमा काठमाडौँमा ७ जना रहेका छन् ।
उक्त मिडिया ब्रिफिङ प्रवक्ता डा. गौतमले दिएको जानकारी अनुसार कुल संक्रमितमध्ये हालसम्म ११ हजार ०२५ जना अर्थात् ६४.२ प्रतिशत संक्रमितहरु भाइरसमुक्त भएर डिस्चार्ज भएका छन् । बुधबार अपरान्हसम्म थप ६९७ जना उपचारपछि निको भएर घर फर्किएका हुन् । त्यसैगरी थप एकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटका परोहा नगरपालिकाका ३६ वर्षीय पुरुषको बुधवार दिउँसो नारायणी अस्पतालमा निधन भएको प्रवक्ता गौतमले बताए । यीसँगै मुलुकभर कोरोनाकै कारण मृत्यु हुनेका संख्या ३९ पुगेको सो अवसरमा उनले जानकारी दिए ।
मन्त्रालयका अनुसार अहिले ५२६ जना रेड जोनमा परेका छन् । हालसम्म देशभर कुल २ लाख ९८ हजार बढीको पिसिआर विधिबाट नमूनाको परीक्षण भएको छ । क्वारेन्टाइनमा २४ हजार ५२७ जना बसिरहेको पनि मन्त्रालयले बताएको छ ।
News Desk 0 response बुधबार, असार ३१, २०७७


सम्बन्धित शीर्षकहरु
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो..
मङ्लबार, बैशाख ३०, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटको आज नेपाल..
मङ्लबार, बैशाख ३०, २०८२ -
पाकिस्तानले आतङ्कवादलाई संरक्षण गरेको भारतको आरोप
मङ्लबार, बैशाख ३०, २०८२ -
पूर्व–पश्चिम राजमार्गको नवलपरासी र बीपी राजमार्गको काभ्रेमा..
मङ्लबार, बैशाख ३०, २०८२ -
निडर ‘म्याडम’ नीलम
सोमवार, बैशाख २९, २०८२
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो..
मङ्लबार, बैशाख ३०, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटको आज नेपाल..
मङ्लबार, बैशाख ३०, २०८२ -
पाकिस्तानले आतङ्कवादलाई संरक्षण गरेको भारतको आरोप
मङ्लबार, बैशाख ३०, २०८२ -
पूर्व–पश्चिम राजमार्गको नवलपरासी र बीपी राजमार्गको काभ्रेमा..
मङ्लबार, बैशाख ३०, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२