

-
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप ११६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५ हजार ९० वटा नमूनाको पीसीआर विधिबाट परीक्षण भएकोमा उक्त संख्यामा नयाँ संक्रमित थपिएको पुष्टि गरेका हुन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार १७७ पुगेको उनले जानकारी दिए । उनका अनुसार हाल मुलुकभर सकृय संक्रमित छ हजार ११४ रहेका छन् । उनीहरुकोे आइसोलेसनमा उपचार भइरहेको छ ।
त्यसैगरी बुधबार थपिने संक्रमितमा काठमाडौँमा ७ जना रहेका छन् ।
उक्त मिडिया ब्रिफिङ प्रवक्ता डा. गौतमले दिएको जानकारी अनुसार कुल संक्रमितमध्ये हालसम्म ११ हजार ०२५ जना अर्थात् ६४.२ प्रतिशत संक्रमितहरु भाइरसमुक्त भएर डिस्चार्ज भएका छन् । बुधबार अपरान्हसम्म थप ६९७ जना उपचारपछि निको भएर घर फर्किएका हुन् । त्यसैगरी थप एकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटका परोहा नगरपालिकाका ३६ वर्षीय पुरुषको बुधवार दिउँसो नारायणी अस्पतालमा निधन भएको प्रवक्ता गौतमले बताए । यीसँगै मुलुकभर कोरोनाकै कारण मृत्यु हुनेका संख्या ३९ पुगेको सो अवसरमा उनले जानकारी दिए ।
मन्त्रालयका अनुसार अहिले ५२६ जना रेड जोनमा परेका छन् । हालसम्म देशभर कुल २ लाख ९८ हजार बढीको पिसिआर विधिबाट नमूनाको परीक्षण भएको छ । क्वारेन्टाइनमा २४ हजार ५२७ जना बसिरहेको पनि मन्त्रालयले बताएको छ ।
News Desk 0 response बुधबार, असार ३१, २०७७

सम्बन्धित शीर्षकहरु
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



