

-
काठमाडौं । आइतबार थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना अपडेटमा प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यीसँगै नेपालमा अहिलेसम्म १६ हजार ८०१ जना संक्रमित भएका छन् ।
त्यसैगरी, आइतबार थपिने संक्रमितमा काठमाडौँ उपत्यकामा ६ जना छन् । जसमा काठमाडौँका पाँच र ललितपुरका एक जना हुन् । उनका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट तीन हजार ९ सय १६ जनाको नमुना परीक्षण गरिएको थियो ।
प्रवक्ता डा. गौतमका अनुसार विगत २४ घण्टामा १४७ जना भाइरसमुक्त भएर घर फर्किएका छन् । यीसहित हालसम्म निको हुनेको संख्या ८ हजार ५ सय ८९ पुगेको छ । यो संख्या कुल संक्रमितमध्ये ५१.१ प्रतिशत हो भने हालसम्म ३८ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार अहिले ८ हजार १७४ जना सक्रिय संक्रमितको आइसोलेसनमा उपचार भइरहेको छ । मुलुकभर २३ हजार ७८४ जना क्वारेन्टाइनमा रहेका छन् ।
गत असार १९ गते अहिलेसम्मकै ७४० जनामा संक्रमण पुष्टि भएको थियो भने त्यसपछि क्रमश संक्रमित दर घटिरहेको छ ।
News Desk 0 response आइतवार, असार २८, २०७७

सम्बन्धित शीर्षकहरु
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



