

-
काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेपाल आयल निगम बबरमहल अगाडि प्रदर्शन गरेको छ । नेविसङ्घका महामन्त्री दीपक भट्टराईले कोरोना महामारीको समयमा मूल्यवृद्धि नियन्त्रण गरी जनतालाई न्यून मूल्यमा उपभोग्य सामग्री उपलब्ध गराउन माग गरेका छन् । “लकडाउनको समयमा जनतालाई राहत प्याकेज ल्याउनुपर्ने सरकारले जनताप्रति निर्वाह गर्ने दायित्व पूरा गर्न सकेन”, उनले भने । सङ्घले पेट्रोलियम पदार्थमा बढाएको मूल्यवृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने जनाएको छ ।
यस्तैै, सङ्घले निगममा व्यवस्थापकीय सुधार, कालोबजारी नियन्त्रण, अनावश्यक खर्च कटौती तथा स्वचालित मूल्य प्रणाली पालना गर्नुपर्ने माग गरेको छ । यसअघि सङ्घले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै यही असार २४ गते निगमका महाप्रबन्धक सुरेन्द्र पौडेललाई सातबुँदे ज्ञापनपत्र बुझाएको थियो ।
News Desk 0 response आइतवार, असार २८, २०७७

सम्बन्धित शीर्षकहरु
बङ्गलादेशका प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा नेपालबाट परराष्ट्रमन्त्री सहभागी हुने
सोमवार, फाल्गुन ४, २०८२
रवि लामिछानेविरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता नहुने आदेश
सोमवार, फाल्गुन ४, २०८२-
भारतको दिल्लीमा एआई शिखर सम्मेलन सुरू
सोमवार, फाल्गुन ४, २०८२ -
बङ्गलादेशका प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा नेपालबाट परराष्ट्रमन्त्री..
सोमवार, फाल्गुन ४, २०८२ -
रवि लामिछानेविरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण..
सोमवार, फाल्गुन ४, २०८२ -
मुग्लिन–मलेखु सडकमा कालोपत्र तीव्र
सोमवार, फाल्गुन ४, २०८२ -
पश्चिमी वायुको आंशिक प्रभाव : कस्तो रहला..
सोमवार, फाल्गुन ४, २०८२
-
भारतको दिल्लीमा एआई शिखर सम्मेलन सुरू
सोमवार, फाल्गुन ४, २०८२ -
बङ्गलादेशका प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा नेपालबाट परराष्ट्रमन्त्री..
सोमवार, फाल्गुन ४, २०८२ -
रवि लामिछानेविरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण..
सोमवार, फाल्गुन ४, २०८२ -
मुग्लिन–मलेखु सडकमा कालोपत्र तीव्र
सोमवार, फाल्गुन ४, २०८२ -
पश्चिमी वायुको आंशिक प्रभाव : कस्तो रहला..
सोमवार, फाल्गुन ४, २०८२
-
आजदेखि देशभर एचपीभी खोप अभियान सञ्चालन गरिँदै
आइतवार, माघ २६, २०८२ -
हङकङका सञ्चार उद्यमी जिम्मी लाइलाई २० वर्षको..
सोमवार, माघ २७, २०८२ -
जाँचबुझ आयोगको म्याद पुनः २५ दिन थप..
सोमवार, माघ २७, २०८२ -
इङ्गल्यान्डसँग ४ रनले नेपाल पराजित
आइतवार, माघ २६, २०८२ -
कस्तो रहला आज दिनभरको मौसम
आइतवार, माघ २६, २०८२



