

-
काठमाडौं । नेपालमा शनिबार थप ७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यो वृद्धिसँगै संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ । कुल संक्रमितमध्ये हालसम्म कोभिड–१९ बाट ३८ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार शनिबार काठमाडौंमा थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुरस्थित पाटन अस्पतालमा दुई र काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा एक जना छन् । योसँगै मृतकको संख्या ३८ पुगेको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालबाट थप ४३१ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । यसरी हालसम्म कोरोना जित्नेको कुल संख्या ८ हजार ४४२ पुगेको छ । आइसोलेशनमा रहेका बिरामीको संख्या ८ हजार २३९ रहेको छ । उनीहरु सक्रिय संक्रमित हुन् । विगत २४ घण्टामा ३ हजार ६४८ जनाको पीसीआर नमुना परीक्षण भएको थियो । मुलुकभरि अहिले क्वारेन्टाइनमा २४ हजार ९७ जना रहेका छन् ।
त्यस्तै धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मनाङ र हुम्ला कोरोना संक्रमणमुक्त जिल्लामा परेका छन् । नेपालमा कोरोना संक्रमितको निको हुने दर पहिलो पटक ५० प्रतिशतभन्दा माथि पुगेको छ ।यसमा परीक्षण बढ्दै जानु, संक्रमित कम फेला पर्नुले पनि निको हुने दर बढेर ५०. ५ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response शनिबार, असार २७, २०७७

सम्बन्धित शीर्षकहरु
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



