

-
काठमाडौं । नेपालमा शनिबार थप ७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यो वृद्धिसँगै संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ । कुल संक्रमितमध्ये हालसम्म कोभिड–१९ बाट ३८ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार शनिबार काठमाडौंमा थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुरस्थित पाटन अस्पतालमा दुई र काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा एक जना छन् । योसँगै मृतकको संख्या ३८ पुगेको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालबाट थप ४३१ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । यसरी हालसम्म कोरोना जित्नेको कुल संख्या ८ हजार ४४२ पुगेको छ । आइसोलेशनमा रहेका बिरामीको संख्या ८ हजार २३९ रहेको छ । उनीहरु सक्रिय संक्रमित हुन् । विगत २४ घण्टामा ३ हजार ६४८ जनाको पीसीआर नमुना परीक्षण भएको थियो । मुलुकभरि अहिले क्वारेन्टाइनमा २४ हजार ९७ जना रहेका छन् ।
त्यस्तै धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मनाङ र हुम्ला कोरोना संक्रमणमुक्त जिल्लामा परेका छन् । नेपालमा कोरोना संक्रमितको निको हुने दर पहिलो पटक ५० प्रतिशतभन्दा माथि पुगेको छ ।यसमा परीक्षण बढ्दै जानु, संक्रमित कम फेला पर्नुले पनि निको हुने दर बढेर ५०. ५ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response शनिबार, असार २७, २०७७


सम्बन्धित शीर्षकहरु
-
स्थगित भएको इण्डियन प्रिमियर लिगका खेलहरू शनिवारदेखि..
शनिबार, जेष्ठ ४, २०८२ -
४२ सय भन्दा धेरै सहकारीको रकम हिनामिना..
शनिबार, जेष्ठ ४, २०८२ -
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
शनिबार, जेष्ठ ४, २०८२ -
सगरमाथामा एक जना पर्वतारोहीको मृत्यु, यो सिजनको..
शनिबार, जेष्ठ ४, २०८२ -
रुस र युक्रेनबीच इस्तानबुलमा वार्ता : एक/एक..
शनिबार, जेष्ठ ४, २०८२
-
४२ सय भन्दा धेरै सहकारीको रकम हिनामिना..
शनिबार, जेष्ठ ४, २०८२ -
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
शनिबार, जेष्ठ ४, २०८२ -
सगरमाथामा एक जना पर्वतारोहीको मृत्यु, यो सिजनको..
शनिबार, जेष्ठ ४, २०८२ -
नगरपालिकामा काम गर्नपर्ने कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धान..
शुक्रबार, जेष्ठ ३, २०८२ -
हावाहुरीले रुख ढल्दा च्यापिएर सुनवलमा २ जनाको..
शुक्रबार, जेष्ठ ३, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
पुष्पकमलको रिसोर्ट मोह र लुकाईएको टाउकाको चोट
बुधबार, बैशाख २४, २०८२ -
झम्कको उपलब्धि, बेरुजुमा सिन्धुपाल्चोकमा इन्द्रावती कम
बुधबार, जेष्ठ १, २०८२