

-
जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ५७ हजार ९२३ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड २४ लाख १५ हजार ५८२ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।
शुक्रबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ७२ लाख ४१ हजार ६०१ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४६ लाख १६ हजार ५८ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५८ हजार ६८७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३२ लाख २० हजार ५०० जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ३५ हजार ८२८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा २७ लाख ३३ हजार ३०५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ४०६ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३७ लाख ७५ हजार ४५२ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ८२ हजार २५९जनाको मृत्यु भएको छ ।
युरोपमा २५ लाख ४० हजार २८९ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९५ हजार ६६५ को मृत्यु भएको छ । एसिया २८ लाख ९ हजार ४६३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ६६ हजार ९१७ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा ५ लाख ४५ हजार ३१३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२ हजार ५०३ जनाको मृत्यु भएको छ । ओसियानामा ११ हजार ३० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२८ जनाको मृत्यु भएको छ । एएफपी
News Desk 0 response शुक्रबार, असार २६, २०७७


सम्बन्धित शीर्षकहरु
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो..
मङ्लबार, बैशाख ३०, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटको आज नेपाल..
मङ्लबार, बैशाख ३०, २०८२ -
पाकिस्तानले आतङ्कवादलाई संरक्षण गरेको भारतको आरोप
मङ्लबार, बैशाख ३०, २०८२ -
पूर्व–पश्चिम राजमार्गको नवलपरासी र बीपी राजमार्गको काभ्रेमा..
मङ्लबार, बैशाख ३०, २०८२ -
निडर ‘म्याडम’ नीलम
सोमवार, बैशाख २९, २०८२
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो..
मङ्लबार, बैशाख ३०, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटको आज नेपाल..
मङ्लबार, बैशाख ३०, २०८२ -
पाकिस्तानले आतङ्कवादलाई संरक्षण गरेको भारतको आरोप
मङ्लबार, बैशाख ३०, २०८२ -
पूर्व–पश्चिम राजमार्गको नवलपरासी र बीपी राजमार्गको काभ्रेमा..
मङ्लबार, बैशाख ३०, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२