

-
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप ११८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार उक्त संख्यामा नयाँ संक्रमित थपिएको जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार ६४९ पुगेको हो । प्रवक्ता डा. गौतमका अनुसार उपत्यकामा शुक्रबार मात्रै ४२ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा काठमाडौंका २८, ललितपुरका १३ र भक्तपुरका १ जना छन् ।
मन्त्रालयका अनुसार शुक्रबार थप १२० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या ८ हजार ११ जना पुगेको छ । अहिले देशभरि ८ हजार ६०३ जना सक्रिय संक्रमितको आइसोलेशनमा उपचार भइरहेको छ । हालसम्म ३५ जनाको भने मृत्यु भएको छ ।
उक्त पत्रकार सम्मेलनमा प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा चार हजार आठ सय ६ जनाको नमुना परीक्षण गरिएको जानकारी दिएका थिए । यससँगै मुलुकभर अहिलेसम्म पीसीआर विधिबाट २ लाख ७५ हजार ९५१ जनाको परीक्षणको भएको छ ।
त्यस्तै धनकुटा, भोजपुर, सोलुखुम्बु, मनाङ, मुस्ताङ र हुम्ला जिल्ला संक्रमणमुक्त भएका छन् भने महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरा जिल्लामा ५ सयभन्दा बढी उपचाररत रहेको मन्त्रालयले जानकारी दिएको छ ।
News Desk 0 response शुक्रबार, असार २६, २०७७

सम्बन्धित शीर्षकहरु
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



