

-
जेनेभा । नेपाली समयानुसार बिहीबार अपराह्नसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ७० लाख ७१ हजार ४६७ जना व्यक्ति निको भएर फर्केका छन् ।
कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ५२ हजार १६४ पुगेका बताइएको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड २१ लाख ७२ हजार १८१ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।
हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४५ लाख ४८ हजार ५५० व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५८ हजार २८८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३१ लाख ५८ हजार ९३२ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ३४ हजार ८६२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा २६ लाख ७२ हजार ४४ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ९८ हजार ६११ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३७ लाख १ हजार १६५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ८० हजार ४६३ जनाको मृत्यु भएको छ ।
युरोपमा २५ लाख १८ हजार ५०७ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९६ हजार ५० को मृत्यु भएको छ । एसिया २७ लाख ४१ हजार ८०० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ६५ हजार ५९२ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा ५ लाख २५ हजार ८९४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२ हजार २७० जनाको मृत्यु भएको छ । ओसियानामा १० हजार ७१४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२८ जनाको मृत्यु भएको छ । एएफपी
News Desk 0 response बिहिबार, असार २५, २०७७


सम्बन्धित शीर्षकहरु

पाकिस्तानले तीन घण्टा नबित्दै युद्धविराम सम्झौताको उल्लङ्घन गरेको भारतीय आरोप
आइतवार, बैशाख २८, २०८२-
निडर ‘म्याडम’ नीलम
सोमवार, बैशाख २९, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
नेपालसँग जलविद्युत्को क्षेत्रमा दरिलो सहकार्य गर्न सक्छौं..
सोमवार, बैशाख २९, २०८२ -
म्याग्दीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको..
सोमवार, बैशाख २९, २०८२ -
बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु : जेलेन्स्की
सोमवार, बैशाख २९, २०८२
-
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
नेपालसँग जलविद्युत्को क्षेत्रमा दरिलो सहकार्य गर्न सक्छौं..
सोमवार, बैशाख २९, २०८२ -
म्याग्दीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको..
सोमवार, बैशाख २९, २०८२ -
बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु : जेलेन्स्की
सोमवार, बैशाख २९, २०८२ -
आज २५६९औं बुद्ध जयन्ती मनाइँदै
सोमवार, बैशाख २९, २०८२
-
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२