

-
काडमाडौं । विगत २४ घण्टामा थप २०४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उक्त संख्यामा नयाँ संक्रमित थपिएसँग नेपालमा संक्रमितको कुल संख्या १६ हजार १६८ पुगेको प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् । मंगलबार संक्रमण पुष्टि हुनेमा उपत्यकाका काठमाडौंमा १४, ललितपुरमा १० र भक्तपुरमा ४ गरी कुल २८ जना छन् ।
प्रवक्ता गौतमका अनुसार हालसम्म ७ हजार ४९९ जना उपचारपछि निको भएका छन् । विगत २४ घण्टामा थप ६ सय ८८ जना कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् । यसरी मुलुकभर संक्रमित बढ्दै गर्दा निको हुनेको संख्या पनि बढ्दै गएको देखिएको छ । कुल संक्रमितमध्ये हालसम्म ३५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । अहिले विभिन्न कोरोना उपचार केन्द्रमा ८ हजार ६३४ जनाको आइसोलेशनमा उपचार भइरहेको प्रवक्ता गौतमले बताएका छन् ।
मन्त्रालयका अनुसार विगत २४ घण्टामा ६ हजार १३३ जनाको पीसीआर विधिबाट नमूनाको परीक्षण गरिएको थियो । यसरी अहिलेसम्म मुलुकभरबाट दुई लाख ६१ हजार ८६१ जनाको पीसीआर विधिबाट नमूनाको परीक्षण भइसकेको छ । अहिले देशभर २५ हजार ७२७ जना क्वारेन्टाइनमा रहेका छन् ।
News Desk 0 response मङ्लबार, असार २३, २०७७

सम्बन्धित शीर्षकहरु
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



