

-
काठमाडौं । सोमबार थप १८० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या १५ हजार ९६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । संक्रमितमध्ये उपत्यकाका काठमाडौंमा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना रहेको मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
प्रवक्ता डा. गौतमका अनुसार विभिन्न कोरोना उपचार केन्द्रबाट पछिल्लो २४ घण्टामा थप २६४ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । यीसँगै हालसम्म मुलुकभर कुल ६ हजार ८११ जना कोरोनामुक्त भएका छन् । त्यस्तै असार २१ गते बागलुङको ढोरपाटन नगरपालिकाका २९ वर्षीय एक पुरुषको कोरोनाकै कारण मृत्यु भएको छ । कुल संक्रमितमध्ये हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा ४ हजार ७२१ नमुनाको पीसीआर परीक्षण गरिएको थियो । अहिलेसम्म २ लाख ५५ हजारभन्दा बढीको पिसिआर विधिबाट परीक्षण भएको । त्यसैगरी उपचारका क्रममा आइसोलेशनमा भएका संक्रमितको संख्या ९ हजार ११८ रहेको छ । अहिलेसम्म २९ हजार २१५ जना क्वारेन्टाइनमा रहेका छन् । हाल ५१९ जना रेड जोनमा रहेको मन्त्रालयले बताएको छ ।
News Desk 0 response सोमवार, असार २२, २०७७

सम्बन्धित शीर्षकहरु
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



