

-
काठमाडौं । शनिवार थप २३२ व्यक्तिमा कोरोनाभाइरस संक्रमण पुष्टि हुनुका साथै दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पुष्टि गरेका छन् । २३२ जनाको रिपोर्ट पोजिटिभ आएसँगै नेपालमा संक्रमितको कुल संख्या १५ हजार ४९१ पुगेको छ भने कोरोनाकै कारण मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार मृत्यु हुनेमा गोरखा पालुङटार नगरपालिका–७ का ४४ वर्षीय पुरुष रहेका छन् । असार १७ गते कतारबाट आएका उनको उपचारको क्रममा शनिबार गोरखा अस्पतालमा मृत्यु भएको बताइएको छ । त्यसैगरी रुपन्देही जिल्लाको देवदह नगरपालिकाका ७५ वर्षीय पुरुषको त्रिविवि शिक्षण अस्पतालमा उपचारका क्रममा असार १७ गते मृत्यु भएको थियो । क्षयरोग पीडितसमेत रहेका उनको कोरोना पुष्टि भने मृत्यु पश्चात भएको हो । यीसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।
मन्त्रालयका अनुसार कोरोना जित्नेको कुल संख्या ६ हजार चार सय १५ पुगेको छ। पछिल्लो २४ घण्टामा विभिन्न कोरोना उपचार केन्द्रबाट थप २७२ जना डिस्चार्ज भएका छन् ।
पछिल्लो २४ घण्टामा ४ हजार ५० जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले बताएको छ । हालसम्म मुलुकभर पीसीआर विधिबाट दुई लाख ४६ हजार दुई सय ९७ र आरडीटी विधिबाट तीन लाख १० हजार तीन सय नमुनाको परीक्षण गरिसकिएको प्रवक्ता डा. गौतमले जानकारी दिएका छन् । संक्रमितमध्ये ९ हजार ४२ जनाको आइसोलेसनमा उपचार भइराखेको छ भने विभिन्न जिल्लामा अहिलेसम्म ३३ हजार एक सय २५ जना क्वारेन्टाइनमा रहेका छन् ।
News Desk 0 response शनिबार, असार २०, २०७७


सम्बन्धित शीर्षकहरु
-
स्थगित भएको इण्डियन प्रिमियर लिगका खेलहरू शनिवारदेखि..
शनिबार, जेष्ठ ४, २०८२ -
४२ सय भन्दा धेरै सहकारीको रकम हिनामिना..
शनिबार, जेष्ठ ४, २०८२ -
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
शनिबार, जेष्ठ ४, २०८२ -
सगरमाथामा एक जना पर्वतारोहीको मृत्यु, यो सिजनको..
शनिबार, जेष्ठ ४, २०८२ -
रुस र युक्रेनबीच इस्तानबुलमा वार्ता : एक/एक..
शनिबार, जेष्ठ ४, २०८२
-
४२ सय भन्दा धेरै सहकारीको रकम हिनामिना..
शनिबार, जेष्ठ ४, २०८२ -
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
शनिबार, जेष्ठ ४, २०८२ -
सगरमाथामा एक जना पर्वतारोहीको मृत्यु, यो सिजनको..
शनिबार, जेष्ठ ४, २०८२ -
नगरपालिकामा काम गर्नपर्ने कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धान..
शुक्रबार, जेष्ठ ३, २०८२ -
हावाहुरीले रुख ढल्दा च्यापिएर सुनवलमा २ जनाको..
शुक्रबार, जेष्ठ ३, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
पुष्पकमलको रिसोर्ट मोह र लुकाईएको टाउकाको चोट
बुधबार, बैशाख २४, २०८२ -
झम्कको उपलब्धि, बेरुजुमा सिन्धुपाल्चोकमा इन्द्रावती कम
बुधबार, जेष्ठ १, २०८२