

-
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका ९ का वडा अध्यक्ष राम नाथ महिलामाथि दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । गए राति वडाध्यक्ष नाथले ब्रह्मदेव बजारमा मदिरा सेवन गरी महिलामाथि दुव्र्यवहार गरेको स्थानीयले आरोप लगाएपछि ब्रह्मदेव प्रहरी चौकीले नाथलाई नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिएका नाथलाई रातिनै जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापाले वडाध्यक्ष नाथले महिलामाथि दुव्र्यवहार गरेको भन्ने कुरा आएपछि नियन्त्रणमा लिइएको बताए । “थप कुरा बुझ्न बाँकी रहेको छ”, उनले भने, “के भएको रहेछ । आज बुझ्ने कार्य हुन्छ । त्यहीअनुसार कारवाही प्रक्रिया अगाडि बढ्छ ।”
भीमदत्त नगरपालिका–९ ब्रह्मदेव बजारमा एक महिलालाई अपशब्द प्रयोग गर्दै वडाध्यक्ष नाथले दुव्र्यवहार गरेको स्थानीयको आरोप छ । घटनापछि बिहीबार राति ब्रह्मदेव क्षेत्र तनावग्रस्त भएको थियो । वडाध्यक्षले महिलालाई दुव्र्यवहार गरेको भन्दै आक्रोषित स्थानीयले सीमा प्रहरीचौकी ब्रह्मदेव घेराउ गर्दै कारवाही मागसहित नाराबाजी गरेका थिए । महिलामाथि कुनै किसिमको दुव्र्यवहार नगरेको वडाध्यक्ष नाथको प्रारम्भिक बयानलाई उद्धृत गर्दै प्रहरीले बताएको छ । रासस
News Desk 0 response शुक्रबार, असार १९, २०७७


सम्बन्धित शीर्षकहरु
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो..
मङ्लबार, बैशाख ३०, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटको आज नेपाल..
मङ्लबार, बैशाख ३०, २०८२ -
पाकिस्तानले आतङ्कवादलाई संरक्षण गरेको भारतको आरोप
मङ्लबार, बैशाख ३०, २०८२ -
पूर्व–पश्चिम राजमार्गको नवलपरासी र बीपी राजमार्गको काभ्रेमा..
मङ्लबार, बैशाख ३०, २०८२ -
निडर ‘म्याडम’ नीलम
सोमवार, बैशाख २९, २०८२
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो..
मङ्लबार, बैशाख ३०, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटको आज नेपाल..
मङ्लबार, बैशाख ३०, २०८२ -
पाकिस्तानले आतङ्कवादलाई संरक्षण गरेको भारतको आरोप
मङ्लबार, बैशाख ३०, २०८२ -
पूर्व–पश्चिम राजमार्गको नवलपरासी र बीपी राजमार्गको काभ्रेमा..
मङ्लबार, बैशाख ३०, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२