

-
काठमाडौं । सोमबार थप ४७६ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । यीमध्ये ३६४ पुरूष र ११२ जना महिला छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मुलुकभर कोरोना संक्रमितको कुल संख्या अब १३ हजार २४८ पुगेको जानकारी दिएका छन् ।
संक्रमितमध्ये पछिल्लो २४ घण्टामा थप १२१ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । हालसम्म ३ हजार १३४ जना उपचारपछि निको भएका छन् । मन्त्रालयका अनुसार थप एकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटका ३० वर्षीय पुरुष रहेका छन् । उनको ललितपुरस्थित स्टार अस्पतालमा उपचारका क्रममा असार १३ गते राती मृत्यु भएको हो । उनी फोक्सोका बिरामी भएको बताइएको छ । यीसँगै नेपालमा कोरोनाकै कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ ।
प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ७९१ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण भएको छ । अहिलेसम्म मुलुकभर पीसीआरबाट २ लाख २३ हजार ६३० र आरडीटी विधिबाट २ लाख ९७ हजार ८७१ जनाको नमुना परीक्षण भएको छ ।
मन्त्रालयका अनुसार अहिले १० हजार ८५ जनाको आइसोलेसनमा उपचार भइरहेको छ भने हाल क्वारेन्टिनमा ५७ हजार ३६८ जना रहेका छन् ।
News Desk 0 response सोमवार, असार १५, २०७७

सम्बन्धित शीर्षकहरु
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



