

-
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना अपडेटमा प्रवक्ता डा. जागेश्वर गौतमले थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । उनका अनुसार पुरुष ३५८ र महिला १०५ जना रहेका छन् । यीसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७७२ पुगेको छ ।
कुल संक्रमितमध्ये पुरुष ११ हजार २९८ र महिला १ हजार ४७४ जना छन् । यीमध्ये हालसम्म नेपालमा कोरोनाकै २८ जनाको मृत्यु भइसकेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १७९ डिस्चार्ज भएका छन् । जसमा १३ महिलासहित १७९ जना रहेका छन् । योसँगै उपचार पछि निको हुने संख्या ३ हजार १३ पुगेको छ ।
प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९६२ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण भएको छ । हालसम्म मुलुकभर पीसीआर विधिबाट २ लाख १५ हजार ८३८ जना र आरडीटी विधिबाट २ लाख ९६ हजार ७६६ जनाको नमुना परीक्षण गरिएको छ ।
अहिले आइसोलेसन ९ हजार ७३१ जनाको उपचार भइरहेको छ भने क्वारेन्टिनमा ६१ हजार ७३१ जना बसिरहेको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response आइतवार, असार १४, २०७७

सम्बन्धित शीर्षकहरु
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



