

-
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त संख्या थपिएको पुष्टि गरेका हुन् । शनिबार थपिएका नयाँ संक्रमितमा पुरुष ४३४ र महिला १२० जना रहेका छन् । यीसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या १२ हजार तीन सय ९ पुगेको छ । प्रवक्ता गौतमका अनुसार शनिबार रसुवामासमेत कोरोना संक्रमण पुष्टि भएसँगै अब मुलुकका ७७ जिल्लामै कोरोना फैलिएको छ ।
त्यसैगरी कोरोनाबाट थप एकको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । मृत्यु हुनेमा भरतपुर अस्पतालमा उपचाररत कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय एक पुरुष रहेका छन् । उनी फोक्सोको क्यान्सरको बिरामी रहेको बताइएको छ । यीसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न कोरोना उपचार केन्द्रबाट उपचारपछि थप १३६ जना डिस्चार्ज भएका भएका छन् । जसमा पुरुष ११८ र महिला १८ जना रहेका छन् । हालसम्म कोरोना जित्नेको कुल संख्या २८ सय ४३ पुगेको छ ।
उक्त मिडिया ब्रिफिङमा प्रवक्ता डा. गौतमले विगत २४ घण्टामा ४ हजार ६०६ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको बताए । अहिलेसम्म कुल २ लाख १० हजार ८७६ नमुनाको पीसीआर विधिबाट परीक्षण भएको उनले बताएका छन् ।
News Desk 0 response शनिबार, असार १३, २०७७

सम्बन्धित शीर्षकहरु
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
गृह मन्त्रालयमा ९ सहसचिवको दरबन्दी कटौती
बुधबार, साउन २७, २०८३



