

-
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त संख्या थपिएको पुष्टि गरेका हुन् । शनिबार थपिएका नयाँ संक्रमितमा पुरुष ४३४ र महिला १२० जना रहेका छन् । यीसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या १२ हजार तीन सय ९ पुगेको छ । प्रवक्ता गौतमका अनुसार शनिबार रसुवामासमेत कोरोना संक्रमण पुष्टि भएसँगै अब मुलुकका ७७ जिल्लामै कोरोना फैलिएको छ ।
त्यसैगरी कोरोनाबाट थप एकको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । मृत्यु हुनेमा भरतपुर अस्पतालमा उपचाररत कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय एक पुरुष रहेका छन् । उनी फोक्सोको क्यान्सरको बिरामी रहेको बताइएको छ । यीसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न कोरोना उपचार केन्द्रबाट उपचारपछि थप १३६ जना डिस्चार्ज भएका भएका छन् । जसमा पुरुष ११८ र महिला १८ जना रहेका छन् । हालसम्म कोरोना जित्नेको कुल संख्या २८ सय ४३ पुगेको छ ।
उक्त मिडिया ब्रिफिङमा प्रवक्ता डा. गौतमले विगत २४ घण्टामा ४ हजार ६०६ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको बताए । अहिलेसम्म कुल २ लाख १० हजार ८७६ नमुनाको पीसीआर विधिबाट परीक्षण भएको उनले बताएका छन् ।
News Desk 0 response शनिबार, असार १३, २०७७


सम्बन्धित शीर्षकहरु
-
निडर ‘म्याडम’ नीलम
सोमवार, बैशाख २९, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
नेपालसँग जलविद्युत्को क्षेत्रमा दरिलो सहकार्य गर्न सक्छौं..
सोमवार, बैशाख २९, २०८२ -
म्याग्दीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको..
सोमवार, बैशाख २९, २०८२ -
बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु : जेलेन्स्की
सोमवार, बैशाख २९, २०८२
-
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
नेपालसँग जलविद्युत्को क्षेत्रमा दरिलो सहकार्य गर्न सक्छौं..
सोमवार, बैशाख २९, २०८२ -
म्याग्दीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको..
सोमवार, बैशाख २९, २०८२ -
बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु : जेलेन्स्की
सोमवार, बैशाख २९, २०८२ -
आज २५६९औं बुद्ध जयन्ती मनाइँदै
सोमवार, बैशाख २९, २०८२
-
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२