

-
काठमाडौं । शुक्रबार थप ५९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । जसमा ४८६ पुरुष र १०७ जना महिला रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७५५ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार बिहीबार थप एक जनाको मृत्यु भएको छ । दाङमा अन्दाजी २५ देखि ३० वर्षीया महिला राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिक अचेत अवस्थामा फेला परेकी थिइन् । उनलाई जाँच पछि मृतक घोषणा गरिएको र स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ पाइएको थियो । मृत्यु हुनेको नाम र ठेगाना खुलेको छैन । यीसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।
त्यसैगरी विगत २४ घण्टामा विभिन्न अस्पतालबाट थप ४८ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । जसमा ४० पुरूष र ८ जना महिला रहेका छन् । यीसहित शुक्रबारसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको छ । मुलुकभर रसुवाबाहेकका सबै ७६ जिल्लामा कोरोना संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ३४ जनाको पिसिआर विधिबाट परीक्षण भएको छ । अहिलेसम्म पीसीआर विधिबाट दुई लाख ६ हजार दुई सय ७१ जनाको नमूना परीक्षण भएको छ । हाल ९ हजारको आइसोलेसनमा उपचार भइराखेको छ भने मुलुकभर क्वारेन्टाइनमा ७१ हजार १२ जना बसिरहेको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response शुक्रबार, असार १२, २०७७

सम्बन्धित शीर्षकहरु
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने
शुक्रबार, साउन २९, २०८३-
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३
-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



