

-
काठमाडौं । बिहिवार थप ४३४ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयको नियमित कोरोना अपडेटमा प्रवक्ता डा. जागेश्वर गौतमले उक्त संख्या थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको जानकारी दिएका छन् । तीमध्ये नेपालमा हालसम्म कोरोनाकै कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार त्यसमा पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको हो । जसमा पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत स्याङ्जा अर्जुनचौपारी गाउँपालिकाका ५५ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको थियो । उनी मधुमेह र नियोनियाका बिरामीसमेत भएको जनाइएको छ । त्यसैगरी ललितपुर महालक्ष्मी नगरपालिका ५ का अर्का ५० वर्षीय एक पुरुषको पनि असार ११ गते बिहान पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । मृतक पुरुषको ५ महिनाअघि मिर्गौला प्रत्यारोपण गरिएको बताइएको छ ।
मन्त्रालयका अनुसार विभिन्न कोरोना उपचार केन्द्रबाट थप ३१२ जना निको भएर डिस्चार्ज भएका छन् । जसमा पुरुष २९३ र महिला १९ जना रहेका छन् । कुल डिस्चार्ज हुनेको संख्या दुई हजार ६५० पुगेको छ ।
त्यसैगरी विगत २४ घण्टामा ६ हजार ५४३ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण भएको थियो । मन्त्रालयका अनुसार हालसम्म मुलुकभर पीसीआरबाट एक लाख ९९ हजार ७ सय ३७ जना र आरडीटी विधिबाट दुई लाख ७८ हजार ६३ जनाको नमुना परीक्षण भएको छ । हाल आठ हजार ४ सय ८६ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । क्वारेन्टिनमा रहनेको संख्या भने ७४ हजार २२ जना रहेको मन्त्रालयले बताएको छ ।
News Desk 0 response बिहिबार, असार ११, २०७७

सम्बन्धित शीर्षकहरु
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



