

-
काठमाडौं । बिहिवार थप ४३४ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयको नियमित कोरोना अपडेटमा प्रवक्ता डा. जागेश्वर गौतमले उक्त संख्या थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको जानकारी दिएका छन् । तीमध्ये नेपालमा हालसम्म कोरोनाकै कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार त्यसमा पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको हो । जसमा पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत स्याङ्जा अर्जुनचौपारी गाउँपालिकाका ५५ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको थियो । उनी मधुमेह र नियोनियाका बिरामीसमेत भएको जनाइएको छ । त्यसैगरी ललितपुर महालक्ष्मी नगरपालिका ५ का अर्का ५० वर्षीय एक पुरुषको पनि असार ११ गते बिहान पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । मृतक पुरुषको ५ महिनाअघि मिर्गौला प्रत्यारोपण गरिएको बताइएको छ ।
मन्त्रालयका अनुसार विभिन्न कोरोना उपचार केन्द्रबाट थप ३१२ जना निको भएर डिस्चार्ज भएका छन् । जसमा पुरुष २९३ र महिला १९ जना रहेका छन् । कुल डिस्चार्ज हुनेको संख्या दुई हजार ६५० पुगेको छ ।
त्यसैगरी विगत २४ घण्टामा ६ हजार ५४३ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण भएको थियो । मन्त्रालयका अनुसार हालसम्म मुलुकभर पीसीआरबाट एक लाख ९९ हजार ७ सय ३७ जना र आरडीटी विधिबाट दुई लाख ७८ हजार ६३ जनाको नमुना परीक्षण भएको छ । हाल आठ हजार ४ सय ८६ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । क्वारेन्टिनमा रहनेको संख्या भने ७४ हजार २२ जना रहेको मन्त्रालयले बताएको छ ।
News Desk 0 response बिहिबार, असार ११, २०७७


सम्बन्धित शीर्षकहरु
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो..
मङ्लबार, बैशाख ३०, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटको आज नेपाल..
मङ्लबार, बैशाख ३०, २०८२ -
पाकिस्तानले आतङ्कवादलाई संरक्षण गरेको भारतको आरोप
मङ्लबार, बैशाख ३०, २०८२ -
पूर्व–पश्चिम राजमार्गको नवलपरासी र बीपी राजमार्गको काभ्रेमा..
मङ्लबार, बैशाख ३०, २०८२ -
निडर ‘म्याडम’ नीलम
सोमवार, बैशाख २९, २०८२
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो..
मङ्लबार, बैशाख ३०, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटको आज नेपाल..
मङ्लबार, बैशाख ३०, २०८२ -
पाकिस्तानले आतङ्कवादलाई संरक्षण गरेको भारतको आरोप
मङ्लबार, बैशाख ३०, २०८२ -
पूर्व–पश्चिम राजमार्गको नवलपरासी र बीपी राजमार्गको काभ्रेमा..
मङ्लबार, बैशाख ३०, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२