• काठमाडौँ । नेपालमा शनिबार २७३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारको कोरोना अपडेटमा विभिन्न प्रयोगशालाबाट परीक्षणका क्रममा उक्त संख्या थपिएको बताएको छ । तीमध्ये २४७ जना पुरुष र ३६ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् । यीसँगै नेपालका कोरोना संक्रमितको संख्या ५ हजार ३३५ पुगेको छ ।

    प्रवक्ता गौतामका अनुसार थप दुई जनाको कोरोनाकै कारण मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साका एक २५ वर्षिय पुरुष र बाराका एक बालक रहेका छन् । उनका अनुसार पर्सा वीरगञ्जका २५ वर्षीय पुरुषको व्यवहारिसे शवको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो । अर्का बाराको निजगढ नगरपालिका–६ का पाँच वर्षीय बालक रहेका छन् । अब नेपालमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या १८ पुगेको छ ।

    त्यसैगरी पछिल्लो २४ घण्टामा विभिन्न कोरोना उपचार केन्द्रबाट ३६ जना कोरोना जितेर निको भएका छन् । यो सँगै कोरोना जित्नेको संख्या ९१३ पुगेको मन्त्रालयले बताएको छ ।

    मन्त्रालयका अनुसार हालसम्म पिसिआरबाट एक लाख २७ हजार २ सय ८८ र आरडीटी विधिबाट एक लाख ९० हजार ५ सय ८२ जनाको कोरोना परीक्षण गरिएको छ । अहिले क्वारेन्टिन १ लाख ५० हजार ५४९ जना रहेका छन् भने आइसोलेसनमा ४ हजार ४०४ जना रहेका छन् ।