

-
काठमाडौँ । यातायात व्यवस्था विभागले लकडाउनको अवधिमा झण्डै दुई लाख ५० हजार स्मार्ट चालक अनुमतिपत्र छापेको छ । छाप्न बाँकी अनुमतिपत्रको सङ्ख्या पनि झण्डै त्यति नै रहेको विभागले जनाएको छ ।
लकडाउन जारी रहँदा विभागले चालक अनुमतिपत्र छपाइलाई निरन्तरता दिइरहेको हो । गतबैशाख महिनासम्म झण्डै एक लाख ४० हजार र यही जेठ महिनामा एक लाखभन्दा बढी अनुमतिपत्र छपाइ भएको छ । आवश्यक स्वास्थ्य सावधानी र सामाजिक दूरी कायम गरेर छपाइ अघि बढाइएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । सरकारले गत चैत ११ गतेदेखि ‘लकडाउन’ लागू गरेपछि १० दिनसम्म छपाइ ठप्प थियो । उनले भने, “चैत २० गतेदेखि अहिलेसम्म नियमितरुपमा अनुमतिपत्र छापिरहेको छौँ ।”
केही वर्षदेखि चालक अनुमतिपत्रको छपाइमा ढिलाइ हुँदा सेवाग्राही हैरान थिए । झण्डै पाँच वर्ष पहिले हस्तलिखित अनुमतिपत्र विस्थापित गरी ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न थालिएको थियो । विभागमा रहेका उपकरणको क्षमताभन्दा कैयौँ गुणा बढी अनुमतिपत्र छाप्न पर्ने हुँदा सेवाग्राहीले अनुमतिपत्र पाएका थिएनन् । यही समस्याको समाधानका लागि गत वर्ष असोजमा ठूलो क्षमताको छपाइ उपकरण (मास प्रिन्टर) ल्याइएको थियो । अहिले सोही उपकरणबाट छपाइ भइरहेको छ । लकडाउन पहिले साना क्षमताका प्रिन्टर भने अहिले प्रयोगमा छैन । साना प्रिन्टरले थोरै सङ्ख्यामा छाप्ने तर त्यसको सञ्चालनका लागि थप जनशक्ति चाहिने भएकाले अहिले त्यसलाई प्रयोग नगरिएको विभागले जनाएको छ । विभागले मास्क, पञ्जालगायतका आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएर काम गरिरहेको छ । जोखिमबाट बचेर काम गर्नका लागि थोरै जनशक्तिबाट काम भइरहेको उनले बताए । उनले भने, “दैनिक तीन चरणमा प्रिन्टर सञ्चालनका लागि दुई÷दुईजना कर्मचारी कार्यालय आउने गर्छन्, एउटा सिफ्टको कर्मचारी गएको एक घण्टापछि मात्रै अर्का कर्मचारी आउँछन् ।”
सङ्घीय सरकारले यातायात कार्यालयहरु प्रदेशलाई हस्तान्तरण गरेको थियो । अनुमतिपत्र छपाइको काम भने सङ्घीय सरकारले नै गर्दै आएको छ । नयाँ अनुमतिपत्रका लागि परीक्षा लिने, पुरानाको नवीकरण र अनुमतिपत्र वितरण भने यातायात व्यवस्था कार्यले नै गर्दै आएका छन् ।
सरकारले उपकरण खरिद गर्दासम्म विभागले आठ लाख अनुमतिपत्र छाप्नुपर्ने थियो । उपकरण दुई महिनासम्म पनि जडान गर्ने र तथ्याङ्क सार्नेलगायत काम भएपछि पुसदेखि सञ्चालनमा आएको हो । पहिलो केही साता एक सिफ्टमा मात्रै सञ्चालन भएकामा दुुई सिफ्ट हुँदै अहिले तीन सिफ्टमा सञ्चालन भइरहेको विभागले जनाएको छ । मास प्रिन्टरको क्षमता अरु प्रिन्टरभन्दा कैयौँ गुणा बढी भएकाले छाप्न बाँकी अनुमतिपत्र चाँडै छापिसक्ने महानिर्देशक हमालले बताए । सामान्य प्रिन्टरले एक महिनामा तीन हजार छाप्ने भए पनि यो उपकरणको क्षमता दैनिक पाँच हजार छाप्ने रहेको छ ।
विभागमा अहिले देशभरका यातायात व्यवस्था कार्यालयबाट आवेदन आइरहेको छ । हस्तलिखित अनुमतिपत्र विस्थापित गर्न परीक्षा पास भएका र नवीकरण गर्ने दुवै सेवाग्राहीलाई ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण गरिँदै आइएको छ । यातायात कार्यालयहरु प्रदेश सरकारमा हस्तान्तरण भइसके पनि ती कार्यालयबाट आएका आवेदनबाट विभागले अनुमतिपत्र छापिरहेको छ । कतिपय प्रदेश सरकारले विगतमा अनुमतिपत्र छपाइमा ढिलाइ हुँदा आफैँ छाप्ने बताए पनि अहिलेसम्म कुनैले पनि उपकरण खरिद गरेका छैनन् ।
‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउनका लागि सरकारले गत वर्ष नै ठूलो सङ्ख्यामा एकैपटक छाप्न ‘मास प्रिन्टर’ सँगै १० लाख कार्ड खरिदका लागि पनि ठेक्का सम्झौता गरेको थियो । सबै कार्ड आइसकेकाले अहिले त्यो समस्या पूरै हटिसकेको विभागले जनाएको छ ।
News Desk 0 response शुक्रबार, जेष्ठ ३०, २०७७

सम्बन्धित शीर्षकहरु
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा झिकाउन आदेश
बिहिबार, असार ११, २०८३-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि..
बुधबार, असार ३, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



