

-
हेटौँडा । नेपाली अनुसन्धानकर्ता डा ललितकुमार दासले कोरोना भाइरसविरुद्ध विकास गरेको भनिएको औषधि (खोप) को प्रयोगात्मक परीक्षणको प्रक्रियामा ढिलाइ हुँदा हेटौँडावासी चिन्तित भएका छन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गत हेटौँडास्थित वन विज्ञान अध्ययन संस्थानका सहप्राध्यापक डा दासले कोरोना भाइरसविरुद्ध खोप विकास गरेको भनिएको एक हप्ताभन्दा बढी भए पनि हालसम्म त्यसको प्रयोगात्मक परीक्षण हुन नसक्दा उनीहरु चिन्तित बनेका हुन् ।
महामारीका रुपमा फैलिएको कोरोना भाइरस विरुद्ध खोपको निराशाजनक रुपमा आगमनको आशामा विश्व रहेको बेला सम्भावित खोपको पहिलो चरणको विकास हेटौँडास्थित वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालामा गरिएको जिकिर गरिएको छ ।
“नेपाली अनुसन्धानकर्ताले कोरोना भाइरसविरुद्ध खोपको विकास गर्नु हाम्रा लागि गौरवको विषय हो, यसको छिटोभन्दा छिटो परीक्षण हुनुपर्छ”, हेटौँडा–४ का रामप्रसाद अधिकारीले भने, “अहिले खोपको व्यापक चर्चा छ । खोप त बन्यो तर यसको प्रयोगका लागि सरकारको सम्बन्धित निकायले यथाशीघ्र परीक्षण गरेर त्यसको नतिजा सार्वजनिक गर्न सक्नुपर्दछ ।” दुई महिनाभन्दा बढी समयको अथक प्रयास र अनुसन्धान गरेर डा दासले उक्त खोपको विकास गरेको जिकिर गरे ।
खोप निर्माण भइसकेपछि वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले डा दाससँग आफ्ना मन्त्रालय मातहतका सचिव तथा विशेषज्ञसहित छलफल गरेका थिए । त्यसपछि मन्त्री दुलालले नेपाल स्वास्थ अनुसन्धान परिषद्का विशेषज्ञसँगसमेत भिडियोकन्फ्रेन्समार्फत त्यसको परीक्षण गराउने सम्बन्धमा छलफल गरेका थिए । अहिलेसम्म त्यसको परीक्षण हुन नसक्दा सर्वत्र गुनासो बढेको पाइएको छ ।
खोप विकास भएको सार्वजनिक भएपछि उक्त प्रयोगशालामा राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा स्थानीय विभिन्न सञ्चारमाध्यमका पत्रकारको भीड हुने गरेको सो अध्ययन संस्थानका अर्का सहप्राध्यापक दामोदर गैरेले जानकारी दिए । जडीबुटी विशेषज्ञ एवं उक्त खोप विकासमा सहयोगी प्राध्यापक गैरेले उक्त औषधि (खोप) कहिले परीक्षण गराउने हो भन्ने विषयमा पत्रकारको जिज्ञासा अत्यधिक रहेको बताए ।
वनारस हिन्दू विश्व विद्यालयबाट फाइटो केमेस्ट्रीमा पिएचडी गरेका डा दासले कोरोना भाइरस नियन्त्रणका लागि केही एन्टी अक्सिडेन्ट एक्टिभिटी र इन्जेमेटिक एक्सन भएको प्लान्ट लिएर शोध गरी उक्त औषधिको विकास गरेका हुन् । विभिन्न १५ किसिमका स्वास्थ्यवद्र्धक जडीबुटीबाट यो खोपको विकास गरिएको जिकिर गरिएको छ । उक्त खोपको परीक्षण कहिलेदेखि हुन्छ भनी राससको जिज्ञासामा डा दासले नेपाल सरकारको माध्यमबाट छिटो परीक्षण हुने र त्यसका लागि सामाजिक विकासमन्त्री दुलाल लाग्नुभएको प्रतिक्रिया दिए ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले समेत सो खोप सम्बन्धमा डा दाससहित ७३ राष्ट्रसँग भिडियो कन्फ्रेन्समार्फत् छलफल गरी आवश्यक सुझावसमेत दिएको छ । त्यसपछि यो खोपप्रति नेपाली जनताको चासो बढ्दै गएको छ । अहिले सो प्रयोगशालामा खोपसम्बन्धी जानकारी लिनका लागि भीड लाग्ने गरेको त्यहाँका कर्मचारी बताउँछन् । रासस
News Desk 0 response मङ्लबार, जेष्ठ २७, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब..
मङ्लबार, जेष्ठ २६, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० सचिवको सरुवा
सोमवार, जेष्ठ २५, २०८३ -
अबदेखि स्वास्थ्य मन्त्रालयमा सचिवको दरवन्दी एक जना..
सोमवार, जेष्ठ २५, २०८३
-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब..
मङ्लबार, जेष्ठ २६, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० सचिवको सरुवा
सोमवार, जेष्ठ २५, २०८३ -
अबदेखि स्वास्थ्य मन्त्रालयमा सचिवको दरवन्दी एक जना..
सोमवार, जेष्ठ २५, २०८३
-
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
धवलशमशेरले छाडे राप्रपा, नयाँ अभियानमा सहभागी हुन..
आइतवार, जेष्ठ १७, २०८३ -
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
सांसदको प्रश्नमा प्रधानमन्त्री बालेनको उत्तर (पूर्णपाठ)
आइतवार, जेष्ठ १७, २०८३



