

-
काठमाडौँ । नेपालमा आइतबार थप १६६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको कुल संख्या १ हजार ५६७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले देशभरका विभिन्न प्रयोगशालामा २४ घण्टायता गरिएको परीक्षणका क्रममा उक्त संख्या थपिएको बताएका हुन् ।
प्रवक्ता डा. देवकोटाका अनुसार रौतहटमा २९, सल्यानमा २५, धनुषामा २१, कालिकोटमा १८, दैलेखमा १८, सप्तरीमा १२, सर्लाहीमा १०, बाँकेमा ८, कपिलवस्तुमा ५, पर्सामा ५, झापामा ४, बाजुरामा ३, कैलालीमा ३, स्याङ्जामा २, मोरङमा १, तनहुँमा १ र सुर्खेतमा १ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।
हालसम्म संक्रमितमध्ये २२० जना निको भएर घर फर्किसकेका छन् । शनिवार दैलेखका एक पुरुष र आइतवार बिहान बाजुरामा एक बालिकाको कोरोना संक्रमणका कारणले मृत्यु भएको पुष्टि भएपछि मृतकको संख्या ८ जना पुगेको मन्त्रालयले जनाएको छ ।
प्रवत्ता देवकोटाका अनुसार हालसम्म पीसीआर विधिबाट ६९ हजार ५ सय ८२ र आरडीटी विधिबाट एक लाख ११ हजार १ सय ९ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ८५३ वटा परीक्षण गरिएको डा. देवकोटाले बताए ।
मन्त्रालयका अनुसार देशभरि अहिले १ लाख १९ हजार १९२ व्यक्ति क्वारेन्टाइनमा र १ हजार ३४९ जना आइसोलेशनमा रहेका छन् ।
News Desk 0 response आइतवार, जेष्ठ १८, २०७७


सम्बन्धित शीर्षकहरु

जन्मदिनको अवसरमा सिन्धुपाल्चोक काग्रेसका उपसभापति दोर्जेद्वारा जेष्ठ नागरिकलाई खाना
बिहिबार, जेष्ठ २, २०८२-
इन्जिनियर सन्तोष कुमार यादव घुससहित नियन्त्रणमा
बिहिबार, जेष्ठ २, २०८२ -
जन्मदिनको अवसरमा सिन्धुपाल्चोक काग्रेसका उपसभापति दोर्जेद्वारा जेष्ठ..
बिहिबार, जेष्ठ २, २०८२ -
चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका उपाध्यक्ष सियाओ..
बिहिबार, जेष्ठ २, २०८२ -
नागढुंगामा हातपातमा उत्रिएका दुवै प्रहरीलाई जिम्मेवारीबाट हटाइयो
बिहिबार, जेष्ठ २, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटमा आज नेपाल..
बिहिबार, जेष्ठ २, २०८२
-
इन्जिनियर सन्तोष कुमार यादव घुससहित नियन्त्रणमा
बिहिबार, जेष्ठ २, २०८२ -
जन्मदिनको अवसरमा सिन्धुपाल्चोक काग्रेसका उपसभापति दोर्जेद्वारा जेष्ठ..
बिहिबार, जेष्ठ २, २०८२ -
चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका उपाध्यक्ष सियाओ..
बिहिबार, जेष्ठ २, २०८२ -
नागढुंगामा हातपातमा उत्रिएका दुवै प्रहरीलाई जिम्मेवारीबाट हटाइयो
बिहिबार, जेष्ठ २, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटमा आज नेपाल..
बिहिबार, जेष्ठ २, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२