

-
काठमाडौँ । नेपालमा आइतबार थप १६६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको कुल संख्या १ हजार ५६७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले देशभरका विभिन्न प्रयोगशालामा २४ घण्टायता गरिएको परीक्षणका क्रममा उक्त संख्या थपिएको बताएका हुन् ।
प्रवक्ता डा. देवकोटाका अनुसार रौतहटमा २९, सल्यानमा २५, धनुषामा २१, कालिकोटमा १८, दैलेखमा १८, सप्तरीमा १२, सर्लाहीमा १०, बाँकेमा ८, कपिलवस्तुमा ५, पर्सामा ५, झापामा ४, बाजुरामा ३, कैलालीमा ३, स्याङ्जामा २, मोरङमा १, तनहुँमा १ र सुर्खेतमा १ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।
हालसम्म संक्रमितमध्ये २२० जना निको भएर घर फर्किसकेका छन् । शनिवार दैलेखका एक पुरुष र आइतवार बिहान बाजुरामा एक बालिकाको कोरोना संक्रमणका कारणले मृत्यु भएको पुष्टि भएपछि मृतकको संख्या ८ जना पुगेको मन्त्रालयले जनाएको छ ।
प्रवत्ता देवकोटाका अनुसार हालसम्म पीसीआर विधिबाट ६९ हजार ५ सय ८२ र आरडीटी विधिबाट एक लाख ११ हजार १ सय ९ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ८५३ वटा परीक्षण गरिएको डा. देवकोटाले बताए ।
मन्त्रालयका अनुसार देशभरि अहिले १ लाख १९ हजार १९२ व्यक्ति क्वारेन्टाइनमा र १ हजार ३४९ जना आइसोलेशनमा रहेका छन् ।
News Desk 0 response आइतवार, जेष्ठ १८, २०७७

सम्बन्धित शीर्षकहरु
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने
शुक्रबार, साउन २९, २०८३-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३
-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



