

-
तनहुँ । व्यास नगरपालिका–११ स्थित फराकचौरमा गण्डकी प्रदेशस्तरीय क्रिकेट खेल मैदान निर्माण सम्पन्न भएको छ । पाँच वर्षका अवधिमा ४५ लाखको लागतमा एक सय मिटर लम्बाइ र ६५ मिटर चौडाइ रहेको फराकिलो क्रिकेट मैदान निर्माण गरिएको हो ।
युवा तथा खेलकूद मन्त्रालय, गण्डकी प्रदेश मुख्यमन्त्री कार्यलय र नगरपालिकाको आर्थिक सहयोगमा मैदान निर्माण गरिएको कोलढुङ्गा क्रिकेट खेल मैदान निर्माण समितिका अध्यक्ष वीरेन्द्र अधिकारीले जानकारी दिए । हालसम्म नगरपालिकाको २५ लाख, मन्त्रालयबाट १५ लाख र मुख्यमन्त्री कार्यालयबाट पाँच लाख गरी ४५ लाखको लागतमा मैदान निर्माण गरिएको हो । आफू अध्यक्ष हुनुअघि पनि नगरपालिका कार्यालयलगायत निकायबाट मैदानका लागि आर्थिक सहयोग भएको उनले बताए ।
त्यस क्षेत्रमा रहेको सार्वजनिकस्थलमा पर्ने भीरपहरालाई डोजरको प्रयोग गरी खारेर खेल मैदान बनाइएको छ । उनले भने ‘गण्डकी प्रदेशस्तरीय क्रिकेट मैदान बनाउने उद्देश्यले मैदान निर्माण गरिएको हो ।’ कूल चार करोड ५३ लाखको योजनानुरुप खेल मैदानको निर्माण अघि बढाइएको समितिका अध्यक्ष अधिकारीले बताए ।
नगरपालिकाबाट गत वर्ष विनियोजित पन्ध्र लाखबाट सम्पन्न भएको कार्यको नगरपालिकाका उपप्रमुख मीरा जोशी, इञ्जिनीयर राजु पौडेल, जनप्रतिनिधिलगायत टोलीले अनुगमन गरी फर्किसकेको छ । उक्त खेल मैदानमा हाल ५, ८ र ११ साइडको खेल खेल्न मिल्ने क्षमताको क्रिकेट मैदान निर्माण भएको वडाध्यक्ष निरबहादुर खड्काले जानकारी दिए ।
ठुला क्रिकेट खेल प्रतियोगिताका लागि मैदानको क्षेत्रफल अझै अपुग हुने देखिएको छ । उनले भने ‘त्यस क्षेत्रमा रहेको करीब तीन सय रोपनी क्षेत्रफल प्रयोग गर्न सकिने अवस्था रहेको छ ।’ लोडरका माध्यमबाट पेलेर मैदान समथर बनाउने कार्य सम्पन्न भएको र भौतिक संरचना निर्माण बाँकी रहेको उनले जानकारी दिए । उक्त क्रिकेट मैदानको व्यास नगरपालिका कार्यालयले विस्तृत परियोजना प्रतिवेदन तयार गरेको थियो । रासस
News Desk 0 response शनिबार, जेष्ठ १७, २०७७

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३



