

-
तनहुँ । व्यास नगरपालिका–११ स्थित फराकचौरमा गण्डकी प्रदेशस्तरीय क्रिकेट खेल मैदान निर्माण सम्पन्न भएको छ । पाँच वर्षका अवधिमा ४५ लाखको लागतमा एक सय मिटर लम्बाइ र ६५ मिटर चौडाइ रहेको फराकिलो क्रिकेट मैदान निर्माण गरिएको हो ।
युवा तथा खेलकूद मन्त्रालय, गण्डकी प्रदेश मुख्यमन्त्री कार्यलय र नगरपालिकाको आर्थिक सहयोगमा मैदान निर्माण गरिएको कोलढुङ्गा क्रिकेट खेल मैदान निर्माण समितिका अध्यक्ष वीरेन्द्र अधिकारीले जानकारी दिए । हालसम्म नगरपालिकाको २५ लाख, मन्त्रालयबाट १५ लाख र मुख्यमन्त्री कार्यालयबाट पाँच लाख गरी ४५ लाखको लागतमा मैदान निर्माण गरिएको हो । आफू अध्यक्ष हुनुअघि पनि नगरपालिका कार्यालयलगायत निकायबाट मैदानका लागि आर्थिक सहयोग भएको उनले बताए ।
त्यस क्षेत्रमा रहेको सार्वजनिकस्थलमा पर्ने भीरपहरालाई डोजरको प्रयोग गरी खारेर खेल मैदान बनाइएको छ । उनले भने ‘गण्डकी प्रदेशस्तरीय क्रिकेट मैदान बनाउने उद्देश्यले मैदान निर्माण गरिएको हो ।’ कूल चार करोड ५३ लाखको योजनानुरुप खेल मैदानको निर्माण अघि बढाइएको समितिका अध्यक्ष अधिकारीले बताए ।
नगरपालिकाबाट गत वर्ष विनियोजित पन्ध्र लाखबाट सम्पन्न भएको कार्यको नगरपालिकाका उपप्रमुख मीरा जोशी, इञ्जिनीयर राजु पौडेल, जनप्रतिनिधिलगायत टोलीले अनुगमन गरी फर्किसकेको छ । उक्त खेल मैदानमा हाल ५, ८ र ११ साइडको खेल खेल्न मिल्ने क्षमताको क्रिकेट मैदान निर्माण भएको वडाध्यक्ष निरबहादुर खड्काले जानकारी दिए ।
ठुला क्रिकेट खेल प्रतियोगिताका लागि मैदानको क्षेत्रफल अझै अपुग हुने देखिएको छ । उनले भने ‘त्यस क्षेत्रमा रहेको करीब तीन सय रोपनी क्षेत्रफल प्रयोग गर्न सकिने अवस्था रहेको छ ।’ लोडरका माध्यमबाट पेलेर मैदान समथर बनाउने कार्य सम्पन्न भएको र भौतिक संरचना निर्माण बाँकी रहेको उनले जानकारी दिए । उक्त क्रिकेट मैदानको व्यास नगरपालिका कार्यालयले विस्तृत परियोजना प्रतिवेदन तयार गरेको थियो । रासस
News Desk 0 response शनिबार, जेष्ठ १७, २०७७


सम्बन्धित शीर्षकहरु
-
स्थगित भएको इण्डियन प्रिमियर लिगका खेलहरू शनिवारदेखि..
शनिबार, जेष्ठ ४, २०८२ -
४२ सय भन्दा धेरै सहकारीको रकम हिनामिना..
शनिबार, जेष्ठ ४, २०८२ -
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
शनिबार, जेष्ठ ४, २०८२ -
सगरमाथामा एक जना पर्वतारोहीको मृत्यु, यो सिजनको..
शनिबार, जेष्ठ ४, २०८२ -
रुस र युक्रेनबीच इस्तानबुलमा वार्ता : एक/एक..
शनिबार, जेष्ठ ४, २०८२
-
४२ सय भन्दा धेरै सहकारीको रकम हिनामिना..
शनिबार, जेष्ठ ४, २०८२ -
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
शनिबार, जेष्ठ ४, २०८२ -
सगरमाथामा एक जना पर्वतारोहीको मृत्यु, यो सिजनको..
शनिबार, जेष्ठ ४, २०८२ -
नगरपालिकामा काम गर्नपर्ने कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धान..
शुक्रबार, जेष्ठ ३, २०८२ -
हावाहुरीले रुख ढल्दा च्यापिएर सुनवलमा २ जनाको..
शुक्रबार, जेष्ठ ३, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
पुष्पकमलको रिसोर्ट मोह र लुकाईएको टाउकाको चोट
बुधबार, बैशाख २४, २०८२ -
झम्कको उपलब्धि, बेरुजुमा सिन्धुपाल्चोकमा इन्द्रावती कम
बुधबार, जेष्ठ १, २०८२