

-
काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण शुक्रबार एकैदिन १७० जनामा पुष्टि भएको छ ।
।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १६५ पुरुष र पाँच जना महिला सङ्क्रमण भेटिएको बताएका छन् ।
आज देखिएको सङ्क्रमितको सङ्ख्या हालसम्मकै सबैभन्दा धेरै हो । यसअघि बिहीबार १५६ जनामा सङ्क्रमण देखिएको थियो । योसँगै कोभिड–१९ बाट सङ्क्रमित हुनेको सङ्ख्या एक हजार २१२ पुगेको छ । यसमा एक हजार १०३ पुरुष र १०९ जना महिला छन् ।
कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको क्रममा २७ जनामा सङ्क्रमण देखिएको हो । उनीहरुमा झापा कचनाकवल गाउँपालिकाका २४ जना १८–४१ वर्षसम्मका पुरुष र तराईभिट्टाका तीन जना २४–५४ वर्षका पुरुष छन् ।
यस्तै, धरान बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच सङ्क्रमित रहेका छन । सप्तरी राजविराजका २०–२६ वर्षका चार जना पुरुष र झापा भद्रपुरका ३४ वर्षका एक जना पुरुष रहेका छन् । यस्तै, नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नौ जना पुरुष सङ्क्रमित भेटिएका छन् ।
बारा पचौताका चार जना २७–४५ वर्षका पुरुष हुन् । पर्सा पोखरियाका चार जना २१–४२ वर्षका पुरुष रहेका छन् । पर्सा जिराभवानीका एक जना ३४ वर्षका पुरुष हुन् । यस्तै, पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानमा सर्लाहीका ३१ वर्षीया एक महिला भेटिएका छन् ।
यस्तै, गण्डकी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा म्याग्दीका ३० वर्षका एक पुरुषमा सङ्क्रमण भेटिएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा डुडुवा गाउँपालिकाका १० जनामा सङ्क्रमण देखिएको छ । ती १७–४१ उमेर समूहका हुन् ।
यस्तै भरतपुर अस्पतालको प्रयोगशालामा छ जना पुरुषमा सङ्क्रमण देखिएको छ । कपिलवस्तुका चार जना पुरुष २३–२६ वर्षका पुरुष हुन् । यस्तै दुई जना नवलपरासीका १९–२१ वर्षका पुरुष छन् ।
यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ८४ जनामा सङ्क्रमण देखिएको छ । धनुषा खजुरीका ५० वर्षीया एक महिलामा सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिएका कपिलवस्तु यशोधराका २३ जना ७–५२ वर्ष उमेर समूह हुन् र उनीहरु सबै पुरुष हुन् ।
रौतहट राजपुरका ५६ जना २२–७० वर्षसम्मका रहेका छन् । तीमध्ये ५४ पुरुष हुन् र दुई जना चार महिनासहितका बालिका छन् । यस्तै, सर्लाही कौदेना मलङ्गवाका चार जना १९–३० वर्षका तीन पुरुष र एक महिला रहेका छन् । भैरहवास्थित प्रयोगशालामा गरिएको परीक्षणमा १६ जनामा सङ्क्रमण देखिएको छ ।
तीमध्ये कपिलवस्तुका १५ जना १७–४४ वर्ष उमेर समूहका पुरुष हुन् । यस्तै, रुपन्देही सैनामैनाका २७ वर्षीय एक पुरुष रहेका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ जनामा सङ्क्रमण देखिएको छ ।
दाङ गढवा गाउँपालिकाका दुई जना २८ देखि ४१ वर्षका पुरुष रहेका छन् । यस्तै कपिलवस्तु विजयनगरका नौ जना १७–५२ वर्षका पुरुष हुन् । अहिलेसम्म २०६ जना निको भई घर फर्केका छन् । यस्तै, पिसिआर ६४ हजार १५४ र आरडिटी एक लाख पाँच हजार ४८७ जनामा गरिसकिएको छ ।
एकको मृत्यु
News Desk 0 response शुक्रबार, जेष्ठ १६, २०७७
प्रवक्ता देवकोटाले आज थप एक जनाको कोरोनाका कारण मृत्यु भएको बताए । अर्घाखाँची भूमिस्थान घर भएका ३५ वर्षका ती पुरुषको भारतबाट नेपाल आउने क्रममा गत जेठ १० गते मृत्यु भएको हो । योसँगै कोभिड–१९ को कारणले मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने
शुक्रबार, साउन २९, २०८३-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३
-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



