

-
काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण शनिबार बिहान ३२ जनामा देखिएको छ । योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या ५४८ पुगेको पुगेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला भरतपुरमा गरिएको परीक्षणमा दुई महिलासहित ३० जना पुरुषमा सङ्क्रमण देखिएको बताएका छन् ।
उनका अनुसार नयाँ सङ्क्रमितमा कपिलवस्तु जिल्लाका आठ, सर्लाहीका १३, बारा एक, काठमाडौँ एक, रुपेन्देही आठ र चितवनका एक जना छन् । कपिलवस्तु वाणगङ्गा नगरपालिकाका १७, १९, २२, २९, ३५, ४०, ४२ वर्षीय पुरुष र २७ वर्षीय महिला रहेका छन् ।
सर्लाही गोडैताकविलासी नगरपालिकाका १८, २०, २०, २०, २१, २२, २३, २६, २६, २८, ३३, ३५ र ३५ वर्षीय पुरुष, बारा करैयामाई गाउँपालिकाकी ३७ वर्षीय महिला रहेका छन् । यसैगरी नयाँ सङ्क्रमितमा काठमाडौँका ३५ वर्षीय पुरुष तथा रुपेन्देही गैडहवा र रोहणी गाउँपालिकाका २०, २०, २४, २४, २७, ३०, ३० र ५५ वर्षीय पुरुष र चितवन भरतपुर महागरपालिका वडा नं ६ का ५२ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको मन्त्रालयले जानकारी दिएको छ ।
हिजो शुक्रबार मात्रै ५९ जनामा सङ्क्रमण देखिएको थियो । अहिलेसम्म ७० जना पूर्णरूपमा निको भइ घर फर्किसकेका छन् भने तीनको मृत्यु भइसकेको छ । मन्त्रालयका अनुसार सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य र स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।
News Desk 0 response शनिबार, जेष्ठ १०, २०७७

सम्बन्धित शीर्षकहरु
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने
शुक्रबार, साउन २९, २०८३-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३
-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



