

-
काठमाडौँ । लकडाउन अवधिमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले पाँच हजार ४१४ मेट्रिक टन खाद्य पदार्थको बिक्रीवितरण गरेका छन् । स्थानीय तहको मागअनुसार राहतस्वरुप कम्पनीले चार हजार ३३३ मेट्रिक टन चामल र कर्पोरेशनले एक हजार ८१ मेट्रिक टन खाद्य पदार्थ बिक्रीवितरण गरेको जनाइएको छ ।
लकडाउनमा साल्ट ट्रेडिङले छ लाख ८८ हजार ९८० किलो चामल, एक लाख नौ हजार ९५५ किलो दाल, ७८ हजार २१३ किलो नुन र ५३ हजार ८८६ लिटर तेल बिक्री गरिएको सूचना अधिकृत कुमार राजभण्डारीले जानकारी दिए । उनका अनुसार ६८ हजार ३७० किलो चिउरा, १७ हजार ४०० किलो चिनी, ४०० ब्याग पिठो, ६३ हजार ८२ साबुन, १०० किलो चिया, ५५० किलो मस्यौरा गरी जम्मा १० लाख ८० हजार ६४३ किलो खाद्य पदार्थ र अन्य वस्तु राहतस्वरुप वितरण गरिएको हो ।
कर्पोरेशनले लकडाउन अवधिमा ललितपुर, कालीमाटी, सतुङ्गल, कोटेश्वर, भक्तपुर र बनेपास्थित बिक्री केन्द्रका घुम्ती सेवा पसलमार्फत जनघनत्व र उपभोक्ताको माग भएका स्थानलाई प्राथमिकतामा राखेर काठमाडौँ उपत्यकाका विभिन्न स्थानका साथै अनलाइनबाट खाद्य पदार्थ तथा अन्य सामग्रीको बिक्रीवितरण गर्दै आएको छ ।
सूचना अधिकृत राजभण्डारीका अनुसार काठमाडौँ उपत्यकासहित नजीकका जिल्लामा समेत दैनिक तीन मोबाइल भ्यानमार्फत खाद्य पदार्थ बिक्रीवितरण गरिँदै आएको छ । लकडाउनका कारण समस्यामा परेका उपभोक्तालाई ध्यानमा राख्दै कर्पोरेशनले मोबाइल भ्यानमार्फत खाद्य पदार्थ होम डेलिभरी गर्दै आएको हो । चौबीस कार्यालय र तिनबाट नियुक्त डिलरका साथै दुर्गम जिल्लामा रहेका ५७ डिपो र बिक्री केन्द्रबाट सरल, सहज र सुपथ मूल्यमा आयोडिनयुक्त नुन बिक्री गरिँदै आएको छ ।
यसैगरी खाद्य कम्पनीले काठमाडौँ उपत्यकाका रामशाहपथ, नक्खु, थापाथली, भक्तपुर र ललितपुरस्थित बिक्री केन्द्रका साथै घुम्ती सेवा र अनलाइनमार्फत उपभोक्ताको मागअनुसार खाद्यान्न बिक्रीवितरण गर्दै आएको छ ।
लकडाउनका कारण समस्यामा परेका उपभोक्तालाई ध्यानमा राख्दै कम्पनीले पहिलो चरणमा चक्रपथभित्र गत चैत २६ गतेदेखि अनलाइनमार्फत होम डेलिभरी सेवा प्रदान गर्दै आएको छ । होम डेलिभरीमार्फत चामल, कर्णालीको सिमी, तीन प्रकारका दाल र दुग्ध विकास संस्थान (डिडिसी) को घिउ बिक्री गरिँदै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार कम्पनीबाट देशका आठ अञ्चल कार्यालयसहित आधुनिक चामल कारखाना, राजापुरलगायत देशका विभिन्न स्थानमा २६ शाखा कार्यालयका साथै दुर्गम जिल्लाका विभिन्न स्थानमा ५९ डिपो कार्यालय÷बिक्री केन्द्र एवं सहकारी डिलरबाट खाद्य पदार्थ बिक्रीवितरण हुँदै आएको छ ।
News Desk 0 response शुक्रबार, जेष्ठ ९, २०७७

सम्बन्धित शीर्षकहरु
-
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३ -
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
निजामती कर्मचारी अस्पतालको सेवा सिंहदरवार भित्र
शुक्रबार, असार १९, २०८३
-
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३ -
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३



