

-
दैलेख । कोरोना सङ्क्रमण पुष्टि भएको २३ घण्टापछि कोरोना सङ्क्रमित युवाको उपचार शुरु भएको छ । कर्णाली प्रदेशका पहिलो सङ्क्रमित युवाको उपचारमा भने अन्योल देखिएपछि २३ घण्टापछि उनलाई दैलेखको आइसोलेसनमा ल्याइएको छ । सुर्खेत लैजाने वा दैलेखको आइसोलेसनमा राख्ने भन्ने विषयमा केही समय अन्योल उत्पन्न भएको थियो ।
सङ्क्रमितको अहिलेको स्वास्थ्य अवस्था सामान्य भएका कारण नारायण नगरपालिका दैलेखको सरस्वती मावि तर्तागङ्मा निर्माण गरिएको आइसोलेशनमा राख्ने तयारीसँगै जिल्ला स्वास्थ्य कार्यालय दैलेख र सुरक्षा निकायको टोली मङ्गलबार दैलेखबाट आठबीस नगरपालिका हिँडेको थियो ।
स्वास्थ्य कार्यालय दैलेखले शनिबार ३९ जनाको स्वाब सङ्कलन गरेर परीक्षणका लागि पठाएको थियो । कोरोना सङ्क्रमणको आशङ्का गरिएका युवा ३५ दिनभन्दा धेरै समय भारतको वनवासामा बसेर दैलेख आएका थिए । उनीहरुलाई बनवासा नाकाबाट आठबीस नगरपालिकाले उद्धार गरी चैत ३१ गते दैलेखको आठबीस नगरपालिकाको सात्तला विद्यालयमा निर्माण गरिएको क्वारेन्टिनमा राखिएका खोप तथा सूचना अधिकृत थिरप्रसाद रेग्मीले जानकारी दिए ।
सङ्क्रमण भएको जानकारी पाएलगत्तै आठबीस नगरपालिकामा उच्च सतर्कता अपनाइएको नगरप्रमुख खड्गराज उपाध्यायले जानकारी दिए । अहिले सात्तलामा रहेको क्वारेन्टिनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले जानकारी दिए । छिमेकी मुलुक भारतबाट दैनिक जिल्लामा भित्रिने नागरिकको सङ्ख्या बढ्दै गएपछि सुरक्षा सतर्कता बढाइएको छ ।
सङ्क्रमित युवासँग ४९ युवा आएका थिए
कोरोना सङ्क्रमित युवा भारतको आग्रा भन्ने ठाउँमा आलु स्टोरमा काम गर्ने गरेको खुलेको छ । आग्राबाट ४९ सदस्यीय टोली गत चैत १८ गते कञ्चनपुर गड्डाचौकी नाकामा आइपुगेको थियो । उनीहरु त्यहाँ करिब ४५ दिन क्वारेन्टिनमा बसेका थिए ।जेठ १ गते गड्डाचौकी नाकाबाट आठबीस नगरपालिकाका ३९, ठाँटीकाँधका आठ, दुल्लूका एक र चामुण्डाका एकसहित ४९ जनाको टोलीसँगै नेपाल आएका थिए । सबैलाई आफ्ना पालिकाको क्वारेन्टिनमा राखिएको भए पनि ठाँटीकाँध गाउँपालिकाले चार दिनसम्म क्वारेन्टिनमा राखेर पिसीआर जाँच गरेर रिपोर्ट नेगेटिभ आएपछि घर पठाएको थियो । सत्तलाका युवामा सङ्क्रमण देखिनेबित्तिकै पुनःक्वारेन्टिनमा राखिएको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले जानकारी दिए ।
आठबीस नगरपालिकाका स्थानीयवासीले वडा नं १ लाई तत्काल ‘सिल’ गरी आवश्यक कदम चाल्न सुझाव दिएका छन् । क्वारेन्टिनमा रहेका व्यक्तिले पालना गर्नुपर्ने नियम गर्न नसकेको, राति समूहमा देउडा खेल्ने, दिउँसो विभिन्न खेल खेल्ने गरेको देखिएकाले यसबारे थप सचेतना अपनाउन सबैलाई आग्रह गरेको स्थानीय वीरबहादुर नेपालीले जानकारी दिए ।
स्वास्थ्य कार्यालय दैलेखका प्रमुख डा निरञ्जन पन्तले उपचारका लागि आवश्यक सबै व्यवस्थापन गरिएको बताए । कर्णाली प्रदेश अस्पतालमा लैजाने विषयमा पनि छलफल भएको थियो । बिरामीको अवस्थाका आधारमा मात्र सिफारिस गर्ने कुरा भएपछि अहिले दैलेखको आइसोलेशनमा राखेर उपचार गरिने छ । बिरामीको स्वास्थ्य अवस्था निरन्तर जाँच गरिनेछ । स्वास्थ्य अवस्थाको आधारमा थप उपचारको तय गरिने डा पन्तको भनाइ छ ।
सबैखाले सुरक्षा परिचालन गरिएको छः प्रजिअ
जिल्लाभरको सबैखाले सुरक्षा परिचालन गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए । क्वारेन्टिन व्यवस्थित गर्नेबारेमा जिल्ला प्रशासनले सक्रियता बढाएको छ । जिल्लाका विभिन्न नयाँ स्थानमा थप क्वारेन्टिन बनाउनुपर्ने आवश्यकता महसुस भएकाले त्यसतर्फ सुरक्षा निकायलाई खटाइएको छ । नयाँ स्थानको पहिचान गरिएको छ ।सङ्क्रमितको सुरक्षा व्यवस्थापनको विषयमा टे«सिङ गर्ने काम शुरु भइसकेको छ । आइसोलेशनको सुविधा, जनशक्ति, भेन्टिलेटरजस्ता विषयमा पनि उच्च सतर्कतासँगै चासो बढाइएको कट्टेलले जानकारी दिए ।
अवस्था जटिल बन्न थालेको खण्डमा प्रदेश सरकारले समेत आवश्यक तयारी थाल्नका लागि अनुरोध गरेर पठाइएको छ । जिल्लास्तरका राजनीतिक दलका प्रमुखसँग छलफल भएर आउन सक्ने खतराबाट बच्नका लागि खेल्नुपर्ने भूमिकाका बारेमा पनि छलफल गरिएको प्रमुख जिल्ला अधिकारी कट्टेलले जानकारी दिए ।
दैलेखका प्रहरी प्रमुख हरिबहादुर ओलीले आम नागरिकले घरभित्रै बसेर सहयोग गरिदिन आग्रह गरेका छन् । सङ्क्रमण दैलेखमा देखिएका कारण सबैले आ–आफ्नो क्षेत्रमा उच्च सतर्कता अपनाउनुपर्ने ओलीको भनाइ छ । रासस
News Desk 0 response बुधबार, जेष्ठ ७, २०७७

सम्बन्धित शीर्षकहरु
सरकार विरुद्ध सत्याग्रह गर्दै जेनजीको मिराज ढुंगाना समूह, दुर्गा प्रसाईले साथ दिँदै
सोमवार, मंसिर २३, २०८२-
फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह..
सोमवार, मंसिर २३, २०८२ -
जेनजी प्रदर्शनमा अत्यधिक बल प्रयोग भएको एम्नेस्टीको..
सोमवार, मंसिर २३, २०८२ -
सरकार विरुद्ध सत्याग्रह गर्दै जेनजीको मिराज ढुंगाना..
सोमवार, मंसिर २३, २०८२ -
प्रधानमन्त्री कार्कीसँग दुर्गा प्रसाईंको भेट, माग कार्यान्वयन..
सोमवार, मंसिर २३, २०८२ -
अमेरिकाको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिप्रति रुस ‘सकारात्मक’,..
सोमवार, मंसिर २३, २०८२
-
फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह..
सोमवार, मंसिर २३, २०८२ -
जेनजी प्रदर्शनमा अत्यधिक बल प्रयोग भएको एम्नेस्टीको..
सोमवार, मंसिर २३, २०८२ -
सरकार विरुद्ध सत्याग्रह गर्दै जेनजीको मिराज ढुंगाना..
सोमवार, मंसिर २३, २०८२ -
प्रधानमन्त्री कार्कीसँग दुर्गा प्रसाईंको भेट, माग कार्यान्वयन..
सोमवार, मंसिर २३, २०८२ -
अमेरिकाको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिप्रति रुस ‘सकारात्मक’,..
सोमवार, मंसिर २३, २०८२
-
एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको..
बुधबार, मंसिर १८, २०८२ -
रूसी राष्ट्रपति पुटिन बिहीबार दिल्ली आउँदै, अमेरिकी..
बुधबार, मंसिर १८, २०८२ -
बैकुण्ठ अर्याल सचिवमा बढुवा
सोमवार, मंसिर १६, २०८२ -
जेनजी प्रदर्शनमा हतियार जोगाउन नसकेका सशस्त्रका डीएसपीसहित..
मङ्लबार, मंसिर १७, २०८२ -
ताप्लेजुङमा योगेश निकट दुई नेतामाथि कारबाही
मङ्लबार, मंसिर १७, २०८२



