

-
अर्घाखाँची । अर्घाखाँचीको छाया पोलिक्लिनिकका १० स्वास्थ्यकर्मीको स्वाब परीक्षणका लागि पठाइएको छ । कोरोना सङ्क्रमण पुष्टि भएका गुल्मीका व्यक्तिले सन्धिखर्क १ मा रहेको छाया पोलिक्लिनिकमा केही दिनअघि उपचार गराएको भन्ने खुलेपछि पोलिक्लिनिक बन्द गरी उपचार, प्रयोगशाला र औषधालयमा संलग्न स्वास्थ्यकर्मीको स्वाब परीक्षणका लागि प्रादेशिक प्रयोगशाला भैरहवा पठाइएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए ।
गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनले वैशाख ३१ गते करीब ३ बजे ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि उपचारका लागि सन्धिखर्कको छाया पोलिक्लिनिकमा स्वास्थ्य परीक्षण गराएका थिए । पोलिक्लिनिकले उपचार सम्भव नभएको भन्दै थप उपचारका लागि अन्यत्र जान सिफारिस गरेपछि उनलाई थप उपचारका लागि मणिग्रामस्थित क्रिमसन अस्पताल लगिएको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले बताए ।
क्रिमसन अस्पताल भर्ना भएको दिनदेखि भेन्टिलेटरको सहायतामा आइसियूमा उनको उपचार भइरहको छ ।
उनी सरकारी विद्यालयका शिक्षक रहेको र पछिल्लो समय अन्यत्र कतै गएको नभए पनि लक्षण हेर्दा कोरोनासँग मिल्दो पाइएपछि अस्पतालबाटै स्वाब सङ्कलन गरिएको थियो । छाया पोलिक्लिनिक सिल गरेर चिकित्सक र स्वास्थ्यकर्मीको स्वाब परीक्षणको रिपोर्टका आधारमा त्यस क्लिनिकमा उपचारका लागि आएका सबै बिरामी र उनीहरुसंँग सम्पर्कमा आएका सबैलाई खोजेर कोरोनाको परीक्षण गरिने अर्घाखाँची अस्पतालका प्रमुख डा कपिल गौतमले जानकारी दिए ।गुल्मीमा पहिलो पटक ४१ वर्षीय एक पुरुषमा कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि मदाने गाउँपालिका नै बन्द गरिएको छ । सङ्क्रमण फैलिन नदिन र त्यसबाट मानिसलाई थप सचेत गराउनका लागि जिल्ला सङ्कट व्यवस्थापन केन्द्र गुल्मीको आग्रहमा गाउँपालिकाले अर्को सूचना जारी नगर्दासम्म पालिका बन्द गर्ने निर्णय गरेको हो ।
मदाने ६ पुर्कोटदहमा अध्यापनरत शिक्षकमा सोमबार कोरोना संक्रमण भएको पुष्टि भएको थियो । कोरोनाको संक्रमण देखिएपछि कोही पनि व्यक्तिलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन र हिँडडुल नगर्न सार्वजनिक रुपमा सूचनासमेत जारी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले बताए ।
जिल्ला सङ्कट व्यवस्थापन केन्द्र गुल्मीले सङ्क्रमितको तत्कालै केस हिष्ट्री, ट्राभल हिष्ट्री र कन्ट्याक ट्रयाकिङ्ग गर्न गाउँपालिकालाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले संक्रमितसँग प्राथमिक उपचारमा संलग्न स्वास्थ्यकर्मी, उनको परिवार र उनीसँग सम्पर्कमा आएका सबैको आरडिटी र पिपिआर टेष्ट गर्नका आवश्यक प्रक्रिया शुरु गर्नका लागि स्वास्थ्यकर्मीसहितको टोली आज नै सङ्क्रमित क्षेत्रमा पठाउने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।
मदानेमा कोरोना सङ्क्रमित भएको खबरसँगै गुल्मीवासी थप सशङ्कित बनेका छन् । पुर्कोटदह यति बेला सुनसान जस्तै बनेको छ । त्रासका कारण कोही पनि मानिस घर बाहिर निस्केका छैनन् । रासस
News Desk 0 response मङ्लबार, जेष्ठ ६, २०७७


सम्बन्धित शीर्षकहरु

सरकारी बेरुजु ७ खर्ब ३३ अर्ब रुपैयाँ पुग्यो, गएको १ वर्षमा मात्रै ९१ अर्ब ५९ करोड थपियो
बुधबार, जेष्ठ १, २०८२-
झम्कको उपलब्धि, बेरुजुमा सिन्धुपाल्चोकमा इन्द्रावती कम
बुधबार, जेष्ठ १, २०८२ -
मन्त्रिपरिषद् बैठक सुरू, कस्तो आउला निर्णय ?
बुधबार, जेष्ठ १, २०८२ -
सरकारी बेरुजु ७ खर्ब ३३ अर्ब रुपैयाँ..
बुधबार, जेष्ठ १, २०८२ -
कतारले दिएको बोइङ ७४७ उपहार अस्वीकार गर्नु..
बुधबार, जेष्ठ १, २०८२ -
धादिङबाट पोखरा जाँदै गरेको गाडी दुर्घटना :..
बुधबार, जेष्ठ १, २०८२
-
झम्कको उपलब्धि, बेरुजुमा सिन्धुपाल्चोकमा इन्द्रावती कम
बुधबार, जेष्ठ १, २०८२ -
मन्त्रिपरिषद् बैठक सुरू, कस्तो आउला निर्णय ?
बुधबार, जेष्ठ १, २०८२ -
सरकारी बेरुजु ७ खर्ब ३३ अर्ब रुपैयाँ..
बुधबार, जेष्ठ १, २०८२ -
धादिङबाट पोखरा जाँदै गरेको गाडी दुर्घटना :..
बुधबार, जेष्ठ १, २०८२ -
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्ता छन् संभावित..
बुधबार, जेष्ठ १, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२