

-
कोहलपुर । नेपाल भारत सीमानाका जोडिएको प्रदेश नं. ५ को व्यापारिक केन्द्र सीमानाकामा भारतबाट नेपाली फर्किने क्रम बढेपछि स्थानीय पालिकाले क्वारेन्टाइन निर्माणमा वृद्धि गरेका छन् । बाँके जिल्लामा अहिले ४१ क्वारेन्टिन पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
जिल्लामा हाल एक हजार १२६ जना क्वारेन्टाइनमा बसिरहेका छन् तिनमा एक हजार ७३ पुरुष र ५३ महिला छन् । नरैनापुर गाउँपालिकामा ११ क्वारेन्टाइन बनाइएको छ । त्यहाँ ६६ जना बसिरहेका छन् । यो पालिकामा अहिलेसम्म आठ कोरोना संक्रमित फेला परिसकेका छन् । क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु भइसकेको छ ।
डुडुवा गाउँपालिकामा पाँच क्वारेन्टाइन बनाइएको छ । त्यहाँ १६८ जना बसिरहेका छन् । खजुरा र बैजनाथ गाउँपालिकामा सातसात क्वारेन्टाइन छन् । खजुरामा २४ र बैजनाथमा ३० जना क्वारेन्टाइनमा छन् । नेपालगञ्ज उपमहानगरपालिकाका दुई क्वारेन्टिनमा ११९, कोहलपुर नगरपालिकाका दुई क्वारेन्टाइनमा २३, जानकी गाउँपालिकाका दुई क्वारेन्टिन २३ र नेपाली सेनाले बनाएको एक क्वारेन्टाइनमा ७४ जना र राप्तीसोनारी गाउँपालिकाका चार क्वारेन्टाइनमा ३९ जना रहेको फोकल पर्सन श्रेष्ठले जानकारी दिएका छन् । रासस
News Desk 0 response सोमवार, जेष्ठ ५, २०७७

सम्बन्धित शीर्षकहरु
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने
शुक्रबार, साउन २९, २०८३-
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३
-
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३



