

-
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम र नियन्त्रणका लागि सामग्री सङ्कलन र परीक्षणका हिसाबले अब अभाव हुन्न भन्ने ठाउँमा पुगेको बताएका छन् । सङ्घीय संसद् राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको सोमबारको बैठकमा उनले स्वास्थ्य सामग्री र किट व्यवस्थापन भएकाले पिसीआर परीक्षणको दायरालाई अभियानकै रुपमा अघि बढाउन लागिएको जानकारी दिए ।
उनले भने, ‘‘सीमित स्रोत र सामग्रीका कारण सुरुआती दिनमा व्यवस्थापन गर्न निकै चुनौती खडा गरेकामा त्यो अवस्था अहिले अन्त्य भइसकेको छ । पछिल्लो समय चीनबाट ४० हजार थान, स्वीट्जरल्याण्डबाट ३० हजार थान किट प्राप्त भएको छ । अरु पनि व्यवस्थापन गरिएको हुँदा अहिले हामी एक लाख पिसीआर परीक्षण गर्नसक्ने योग्यता बनाएका छौँ ।’’
शुरुका दिनमा एक व्यक्तिको स्वाब हङकङ पुर्याएर परीक्षण गरिएको घटना स्मरण गराउँदै मन्त्री ढकालले त्यो अवस्थामा सुधार ल्याएर अहिले मुलुकमा १६ स्थानमा परीक्षण विस्तार हुनुलाई उपलब्धिकै रुपमा लिनुपर्छ भनेका छन् । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या बढे पनि विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई उच्च जोखिमको सूचीबाट हटाएको जानकारी दिँदै उनले लकडाउनको सबै तह र तप्काबाट पालना भएकै कारण हालसम्म मानवीय क्षतिबाट जोगाएको बताए ।
छिमेकी मुलुकमा बढिरहेको सङ्क्रमणबाट भयभित बनाउने हो कि भन्ने पक्षलाई हेक्का गरी सरकारले काम गरिरहेको बताउँदै उनले कोभिड–१९ को प्रभाव अर्थतन्त्रलगायत सर्वत्र क्षेत्रमा पर्ने स्थिति छ भनेका छन् । यसअघि बैठकमा सदस्यहरुले पिसीआर परीक्षणको व्यवस्था विस्तार गर्न, घर फर्कने क्रममा सीमा क्षेत्रमा अलपत्र परेका नागरिकलाई स्वास्थ्य परीक्षण गरी तत्काल स्वदेश फर्कने व्यवस्था मिलाउन, स्वास्थ्य परीक्षण र राहत वितरणमा राजनीतिक आस्थाका आधारमा विभेद् हुन नदिने सुनिश्चित गर्न सरकारलाई सुझाव दिएका थिए ।
कोरोनाको भयावह रहेका कतिपय मुुलुकले आफ्ना नागरिक जहाज ‘चार्टर’ गरेर लगिरहेका हुँदा अनेकौँ दुःख कष्ट खेपेर सीमा क्षेत्रमा आएका नागरिकलाई रोक्ने, छेक्ने र उतै फर्काउने काम तत्काल बन्द गर्न सुझाव दिँदै सांसदहरुले अप्ठेरोमा रहेका नागरिकलाई सहयोग पुर्याउन ती देशमा रहेका दूतावासलाई सक्रिय तुल्याउन सुझाव दिएका थिए ।
News Desk 0 response सोमवार, बैशाख २९, २०७७

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
गृह मन्त्रालयमा ९ सहसचिवको दरबन्दी कटौती
बुधबार, साउन २७, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३
-
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
गृह मन्त्रालयमा ९ सहसचिवको दरबन्दी कटौती
बुधबार, साउन २७, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



