

-
कास्की । कोभिड–१९ को जोखिमका कारण जारी लकडाउनमा समेत शनिबार पोखरामा खुला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । गार्डेन क्लब पोखरा–११ को आयोजना तथा वडा कार्यालय र फूलबारी क्लबको समन्वयमा आयोजना भएको खुला रक्तदानबाट १२० युनिट रगत सङ्कलन भएको गार्डेन क्लबका अध्यक्ष विनोद गुरुङले जानकारी दिए ।
गण्डकी प्रदेशको राजधानी शहर पोखरामा दैनिक ७० युनिट रगत माग हुने भएकाले जारी बन्दाबन्दीका कारणले नियमित रक्तदानका कार्यक्रम स्थगन हुँदा विभिन्न सङ्घसंस्थाले आकस्मिक कार्यक्रम गरेपछि हालसम्म रगत अभाव हुन पाएको छैन ।
वडाध्यक्ष मोहनप्रसाद बाँस्तोलाले हालको विषम परिस्थितिलाई मध्यनजर गरी रगत अभावमा कोही पनि उपचारबाट वञ्चित हुन नपरोस् भनेर वडा कार्यालयले रक्तदान कार्यक्रमका लागि सहयोग र समन्वय गरेको बताए । पोखरामा लकडाउन शुरु भएको पहिलो हप्तामा रगतको अभाव भए पनि त्यसपछिका दिनमा निरन्तर आपूर्ति भइरहेको रक्तसञ्चार केन्द्र पोखराले जनाएको छ ।
केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले रगतको अभाव नरहेको बताउँदै आवश्यकतानुसार रक्तदानका कार्यक्रम गर्ने गरी आगामी जेठ १५ गतेसम्मको तालिका तयार भएको जानकारी दिए । रगत अभाव भएको जानकारीलगत्तै पोखराबाट देशका अन्य भागमा समेत रगत पठाउने गरिएको छ । बन्दाबन्दीका समयमा काठमाडौँमा अभाव भएको जानकारी आएपछि गत हप्ता यहाँबाट १३० युनिट रगत पठाइएको रक्त सञ्चार केन्द्रले जनाएको छ ।
News Desk 0 response आइतवार, बैशाख २८, २०७७


सम्बन्धित शीर्षकहरु
-
स्थगित भएको इण्डियन प्रिमियर लिगका खेलहरू शनिवारदेखि..
शनिबार, जेष्ठ ४, २०८२ -
४२ सय भन्दा धेरै सहकारीको रकम हिनामिना..
शनिबार, जेष्ठ ४, २०८२ -
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
शनिबार, जेष्ठ ४, २०८२ -
सगरमाथामा एक जना पर्वतारोहीको मृत्यु, यो सिजनको..
शनिबार, जेष्ठ ४, २०८२ -
रुस र युक्रेनबीच इस्तानबुलमा वार्ता : एक/एक..
शनिबार, जेष्ठ ४, २०८२
-
४२ सय भन्दा धेरै सहकारीको रकम हिनामिना..
शनिबार, जेष्ठ ४, २०८२ -
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
शनिबार, जेष्ठ ४, २०८२ -
सगरमाथामा एक जना पर्वतारोहीको मृत्यु, यो सिजनको..
शनिबार, जेष्ठ ४, २०८२ -
नगरपालिकामा काम गर्नपर्ने कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धान..
शुक्रबार, जेष्ठ ३, २०८२ -
हावाहुरीले रुख ढल्दा च्यापिएर सुनवलमा २ जनाको..
शुक्रबार, जेष्ठ ३, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
पुष्पकमलको रिसोर्ट मोह र लुकाईएको टाउकाको चोट
बुधबार, बैशाख २४, २०८२ -
झम्कको उपलब्धि, बेरुजुमा सिन्धुपाल्चोकमा इन्द्रावती कम
बुधबार, जेष्ठ १, २०८२